वैदेशिक शक्तिको आडमा प्रचण्ड ओली विरुद्ध लागेको आरोप
सारांश
- संविधानसभाले सर्वसम्मतिबाट २०७२ साल असोज ३ गते संविधान जारी गरेपछि मुलुक राजनीतिक स्थिरताको बाटोतिर प्रस्थान गर्न थालेको महसुस नेपाली जनताले गरेका थिए ।
- यसैगरी २०७४ सालमा सम्पन्न भएको आम निर्वाचनमा तालमेल गरेर लडेका साविक नेकपा एमाले र माओवादी केन्द्रका बीचमा २०७५ साल जेठ ३ गते एकीकरण भएपछि ठूलो दलका अध्यक्ष बनेका केपी ओली नेतृत्वको सरकारले नेपालको संसदीय इतिहासमा पहिलोपटक ५ बर्षे कार्यकाल पूरा गर्ने विश्वास पनि राजनीतिक क्षेत्रले लिएको थियो ।
- तर नेकपाका अध्यक्ष पुष्पकमल दाहालले २०७६ जेठ १६ गते बिहिबार दिएको सार्वजनिक अभिव्यक्तिले मुलुकको राजनीतिसँगै ओली नेतृत्वको वर्तमान सरकारलाई समेत अस्थिर बनाउने संकेत गरेको छ ।
संविधानसभाले सर्वसम्मतिबाट २०७२ साल असोज ३ गते संविधान जारी गरेपछि मुलुक राजनीतिक स्थिरताको बाटोतिर प्रस्थान गर्न थालेको महसुस नेपाली जनताले गरेका थिए । यसैगरी २०७४ सालमा सम्पन्न भएको आम निर्वाचनमा तालमेल गरेर लडेका साविक नेकपा एमाले र माओवादी केन्द्रका बीचमा २०७५ साल जेठ ३ गते एकीकरण भएपछि ठूलो दलका अध्यक्ष बनेका केपी ओली नेतृत्वको सरकारले नेपालको संसदीय इतिहासमा पहिलोपटक ५ बर्षे कार्यकाल पूरा गर्ने विश्वास पनि राजनीतिक क्षेत्रले लिएको थियो ।
तर नेकपाका अध्यक्ष पुष्पकमल दाहालले २०७६ जेठ १६ गते बिहिबार दिएको सार्वजनिक अभिव्यक्तिले मुलुकको राजनीतिसँगै ओली नेतृत्वको वर्तमान सरकारलाई समेत अस्थिर बनाउने संकेत गरेको छ । यसका साथै एमाले र माओवादी केन्द्र एकीकरण भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको निजी सम्पत्ति जस्तो पनि देखिएको छ ।
२०७५ साल जेठ ३ गते साविक नेकपा एमाले र माओवादी केन्द्रका बीचमा एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी गठन हुनु १ दिन अगाडि नेताहरू विष्णु पौडेल र जनार्दन शर्मालाई साक्षी राखेर अध्यक्षद्वय ओली र दाहालले आपसमा ५ बुँदे कपाली तमासुख गरेको सार्वजनिक गरेसँगै अध्यक्ष दाहालले आगामी १५ महिनापछि अध्यक्ष ओलीले सहमति अनुसार सत्ता हस्तान्तरण आफूलाई नगरे कोही पनि बाँकी नरहने भनेर चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुग्नु अघिल्लो दिन अध्यक्ष दाहालले आफूहरूबीच भएको ५ बुँदे गोप्य सहमति सार्वजनिक गरेर केपी ओली र उनको सरकारलाई प्रहार गरेका छन् ।
सहमतिअनुसार, सत्ता हस्तान्तरण गर्न १५ महिना बाँकी हुँदा नै अध्यक्ष दाहालले सत्ता हस्तान्तरण नभए सबैका लागि अनिष्ट हुने चेतावनी दिएर मुलुकको राजनीतिलाई अस्थिरतातिर धकेल्ने काम कुन शक्तिको आडमा गरे भन्ने प्रश्न खडा भएको छ । प्रधानमन्त्री ओली त्यो गोप्य सहमतिअनुसार सत्ता हस्तान्तरणका सम्बन्धमा केही नबोलिराखेको र उक्त मिति आउन पनि १५ महिना बाँकी हुँदा अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीको राजनीतिक कद घटाउनकै लागि प्र.म. ओली दिल्ली भ्रमणमा प्रस्थान गर्नु एकदिन अगाडि २०७६ जेठ १५ गते उक्त गोप्य सहमतिको रहस्योद्घाटन गर्दै सहमतिअनुसार सत्ता हस्तान्तरण नभए गम्भीर परिणाम आउने चेतावनी समेत दिए । भारतको संस्थापन पक्ष र अमेरिकी सरकार समेत प्रधानमन्त्री केपी ओली र उनको नेतृत्वको सरकारप्रति असन्तुष्ट रहेको अवस्थामा प्रचण्डले नेकपाभित्र फेरि विवाद खडा गरेर देशमा अस्थिरताको खेती गर्ने जमर्को गरेको स्पष्ट देखिन्छ ।
२०७५ असोजमा पनि प्रधानमन्त्री ओलीले अमेरिका भ्रमण गरिरहँदा भेनेज्वइलाको आन्तरिक मामिलामा अमेरिकाले नांगो हस्तक्षेप गरेको भन्दै अध्यक्ष दाहालले वक्तव्य प्रकाशित गरेर प्रम ओलीलाई राजनीतिकरुपले अप्ठ्यारो पार्ने काम गरेका थिए । फेरि त्यही शैलीमा भारतमा नयाँ सरकार बन्दाबन्दै विवादको पुडिया बजारमा फालेर प्रचण्डले कसको सेजा गर्न खोजेका हुन् भन्ने प्रश्न पनि पार्टी्भित्र उठेको छ ।
नेकपा एमाले र माओवादी केन्द्रका बीचमा एकीकरण हुनु एक दिन अगाडि अध्यक्षद्वय ओली र दाहालले विष्णु पौडेल र जनार्दन शर्मालाई साक्षी राखेर गोप्य सहमति गरेको अहिले खुलासा भएको हो । साविक नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष ओली र दाहालले गरेको उक्त सहमतिको ४ नम्बर बुँदामा आवश्यकता अनुसार अध्यक्षद्वयले आलोपालो सरकारको नेतृत्व गर्ने उल्लेख छ । तर, यो सहमति नितान्त ब्यक्तिगर रहेको छ । कथित सहमति पत्र नेकपा एमालेको केन्द्रीय समिति तथा स्थायी समिति र यसैगरी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति र स्थायी समितिबाट पनि अनुमोदन भएको छैन । पार्टीगतरुपमा औपचारिकता नपाएको साविक नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वयले पार्टीको निर्देशन विपरीत आफूहरूले सत्ताको भागवण्डा गर्ने सहमति गरेर साविक नेकपा एमाले र माओवादी केन्द्र यी दुई अध्यक्षको व्यक्तिगत सम्पत्ति भएको सन्देश पनि कार्यकर्तामा प्रवाहित भएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण प्रक्रिया १ बर्षमा पनि सम्पन्न हुन नसकिराखेको अवस्थामा अध्यक्ष दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको नियतमा समेत शंका गर्दै सार्वजनिक वक्तव्य र गोप्य दस्तावेज प्रकाशित गरेपछि एकीकरण प्रक्रिया समेत प्रभावित हुने थालेको छ । अध्यक्ष दाहालको यो वक्तव्य सार्वजनिक भएसँगै नेकपामा तीव्र धुव्रीकरण शुरु भएर कोही अध्यक्ष दाहालतिर त कोही अध्यक्ष ओलीतिर विभाजित हुन थालेका छन् ।
यसैगरी अध्यक्षद्वयबीच भएको ‘गोप्य सहमति’ कार्यान्वयन हुने समयसीमा आउन अझै १५ महिना बाँकी हुँदा उक्त सहमति कार्यान्वयनका सम्बन्धमा पनि नेकपाको नेतृत्व तह पक्ष विपक्षमा विभाजित हुन थालेको छ ।
यसरी ३ महिनामा सम्पन्न गर्ने समयतालिका भएको एकीकरण प्रक्रिया १ बर्षसम्म सम्पन्न हुन नसक्दा पार्टी संगठनसँगै एकताको महाधिवेशनसमेत प्रभावित हुने स्थिति बन्न थालेको छ । यही कारणले गर्दा नै एकीकरण प्रक्रिया सम्पन्न हुनुपूर्व अगाडि नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा विघटन र विभाजनको बादलसमेत मडारिन थालेको छ ।
साविक नेकपा एमाले र माओवादी केन्द्रका बीचमा सम्पन्न भएको एकताको पृष्ठभूमिमा अध्यक्षद्वय ओली र दाहालले ५ बर्षे प्रधानमन्त्रीत्वकालको आलोपालो नेतृत्व गर्ने सहमति भएको अहिलेसम्म सार्वजनिक भएको थिएन । पार्टीलेसँगै संविधानले समेत निर्दिष्ट गरेको सामाजवादको लक्ष्य प्राप्त गर्नका लागि तथा मुलुकमा राजनीतिक स्थिरता कायम गर्नका लागि दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रका बीचमा एकीकरण भएको बुझाई अहिलेसम्म यी दुई पार्टीका नेता तथा कार्यकर्ताको मात्र होइन आम जनताको समेत रहेको थियो ।
तर अध्यक्षद्वयले आलोपालो सत्ता नेतृत्व सुनिश्चित गर्नका लागि गोप्य सहमति गरेको अहिले सार्वजनिक भएपछि यसको बहस नेकपाभित्र नै गम्भीरतापूर्वक उठ्न थालेको छ । अध्यक्षद्वयले उक्त सहमति कार्यान्वयन गर्ने नगर्ने भन्दा पनि पार्टीलाई पूर्णरुपमा उपेक्षा गरेर एक÷एक जना साक्षी राखेर ब्यक्तिगतरुपमा यति महत्वपूर्ण सहमति किन गरेको भन्नेमा केन्द्रीय समितिमा स्पष्ट पार्न जरुरी भएको छ । साँघुन्यूज डटकमबाट
प्रतिक्रिया