२३ वर्षपछि चुनावी प्रतिस्पर्धामा पूर्वसभामुख ढुङ्गाना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
१७ पटक हेरिएको
Shares
२३ वर्षपछि चुनावी प्रतिस्पर्धामा पूर्वसभामुख ढुङ्गाना

सारांश

  • काठमाडौं, कात्तिक १६ – प्रजातन्त्र पुनःस्थापना भएपछि पहिलो सभामुख दमननाथ ढुङ्गाना पुनः चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ ।
  •  नेपाली कांग्रेसले भक्तपुर क्षेत्र नं २ बाट उहाँलाई प्रतिनिधिसभा चुनावको प्रतिस्पर्धामा उतारेको हो ।
  • विस २०४८ को पहिलो संसदीय चुनावमा उहाँ काठमाडौं क्षेत्र नं २ बाट विजय हुनुभएको थियो ।

काठमाडौं, कात्तिक १६ – प्रजातन्त्र पुनःस्थापना भएपछि पहिलो सभामुख दमननाथ ढुङ्गाना पुनः चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ । नेपाली कांग्रेसले भक्तपुर क्षेत्र नं २ बाट उहाँलाई प्रतिनिधिसभा चुनावको प्रतिस्पर्धामा उतारेको हो ।

विस २०४८ को पहिलो संसदीय चुनावमा उहाँ काठमाडौं क्षेत्र नं २ बाट विजय हुनुभएको थियो । यसपछि उहाँ प्रजातन्त्र स्थापनापछि पहिलो पटक गठन भएको व्यवस्थापिका–संसद्मा नेपाली कांग्रेसका तर्फबाट सभामुख पदमा सर्वसम्मतरूपमा चयन हुनुभएको थियो ।

उसो त विसं २०४६ मा प्रजातन्त्र स्थापनाका लागि भएका राजनीतिक आन्दोलन, प्रजातन्त्र स्थापनापछिको अन्तरिम सरकार गठन र अन्तरिम संविधान जारी गर्न उहाँले कानुनी क्षेत्रबाट पु¥याउनुभएको योगदानले तत्कालीन संयुक्त वाममोर्चाका नेतृत्वलाई समेत चकित बनाएको थियो । झण्डै २३ वर्षको अन्तरालमा पूर्वसभामुख ढुङ्गाना विस २०६२÷६३ मा गणतन्त्र स्थापनापछिको तेस्रो चुनावमा होमिनुभएको हो । विस २०५१ को मध्यावधि चुनावमा पराजित भएपछि उहाँ नेकाको मूल राजनीतिभन्दा शान्ति प्रक्रिया टुङ्ग्याउन नागरिक समाजका अगुवामको रूपमा नेतृत्व गर्दै आउनुभएको थियो ।

पाँच चुनावमा विजयी सभापति देउवा र वरिष्ठ नेता पौडेल

प्रजातन्त्र पुनः स्थापना भएपछि सम्पन्न आम चुनावमा विजयी हुँदै आउनुभएका नेका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेका वरिष्ठ नेता रामचन्द्र पौडेलले आ–आफ्नै गृह जिल्ला क्रमशः डडेलधुरा र तनहुँबाट चुनावी प्रतिस्पर्धामा होमिनुहुने भएको छ ।

विसं २०४८, २०५१, २०५६, २०६४, २०७० का आम चुनावमा उहाँहरूले आ–आफ्नै जिल्लाबाट जनताको मन जित्नुभएको थियो । उसो त ती चुनावमा अहिले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार पनि विजयी हुँदै आउनु भएको छ ।

संविधानसभाका चुनाव विसं २०६४ र विस २०७० का निर्वाचनमा उहाँले मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)को अध्यक्षका रूपमा सुनसरीबाट ती चुनावमा विजयी हुनुभएको थियो ।

प्रत्यक्षमा पहिलो पटक उम्मेदवार

नेपाली कांग्रेसकी नेत्री डा आरजुराणा देउवा प्रतिनिधिसभाको चुनावमा पहिलोपटक कैलाली क्षेत्र नं ५ बाट उम्मेदवार चयन हुनुभएको थियो । दोस्रो संविधानसभामा उहाँ समानुपातिक तर्फबाट संविधानसभा सदस्य हुनुहुन्थ्यो ।

यसैगरी नेपाली कांग्रेस संसदीय दलका उपसचेतक ईश्वरीदेवी न्यौपाने पनि पहिलोपटक प्रत्यक्ष चुनावमा कैलाली क्षेत्र नं १ मा टिकट प्राप्त गर्नुभएको छ । यसअघि उहाँ समानुपातिक सदस्य हुनुहुन्थ्यो ।

यसैगरी कैलाली क्षेत्र नं २ बाट नेकाका तर्फबाट मोहनसिंह राठौरले टिकट प्राप्त गर्नुभएको छ । यसअघिको चुनावमा उहाँ नेकपा एमालेका तर्फबाट सोही जिल्लाबाट सांसद पदमा निर्वाचित हुनुभएको थियो ।

लामोसयमदेखि नेकाको केन्द्रीय सदस्य रहनुभएका सुनिलकुमार भण्डारीले पनि कैलाली क्षेत्र नं ४ बाट प्रतिनिधिसभाको चुनावमा टिकट प्राप्त गर्नुभएको छ । उहाँले नेपाल परिवार नियोजन संघको अध्यक्ष हुँदा वहुचर्चित गर्भपतनसम्बन्धी ऐन ल्याउन अहम् भूमिका निर्वाह गर्नुभएको थियो ।

यसैगरी नेकाले प्यूठानमा प्राडा गोविन्दराज पोखरेललाई टिकट दिएको छ । पुनः निर्माण प्राधिकरणको कार्यकारी प्रमुखबाट राजीनामा दिई उहाँ चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको हो ।

उपत्यकामा अधिकांश पुरानै

नेकाले काठमाडौं उपत्यकाभित्र संविधानसभाको दोस्रो निर्वाचन विसं २०७० को निर्वाचनमा वियजी भएकालाई नै पार्टीका तर्फबाट उम्मेदवार बनाएको छ । काठमाडौंमा नेका पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई क्षेत्र १ बाट चुनावी प्रतिस्पर्धामा उतारेको छ ।

यसैगरी नेताहरू गगनकुमार थापा, भीमसेनदास प्रधान, नवीन्द्रराज जोशी, ध्यानगोविन्द रञ्जित, दीपक कुइँकेल र राजनकुमार केसीले टिकट प्राप्त गर्नुभएको छ । उहाँहरू यसअघिको निर्वाचनमा पनि विजयी हुनुभएको थियो । नयाँ अनुहारमा काठमाडौँ क्षेत्र नं ५ मा डा प्रकाशशरण महत र क्षेत्र नं ३ मा अम्बिका बस्नेतले टिकट प्राप्त गर्नुभएको छ ।

यसैगरी ललितपुरमा चन्द्र महर्जन र मदनबहादुर अमात्यले प्रत्यक्ष तर्फबाट टिकट प्राप्त गर्नुभएको छ । विसं २०७० को संविधानसभा निर्वाचनमा उहाँहरू सोही जिल्लाबाट विजयी हुनुभएको थियो ।

यस्तै भक्तपुरमा बाबुराजा जोशी र दमननाथ ढुङ्गानाले टिकट प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यिनै हुन् सागर ढकाल जसको प्रश्नले प्रधानमन्त्री देउवा फायर बने !  (हेर्नुहोस् २ मिनेटको भिडियो)
यिनै हुन् सागर ढकाल जसको प्रश्नले प्रधानमन्त्री देउवा फायर बने ! (हेर्नुहोस् २ मिनेटको भिडियो)
गण्डकी प्रदेश सरकारका दुई वर्ष : कानून निर्माण र पूर्वाधार विकास
गण्डकी प्रदेश सरकारका दुई वर्ष : कानून निर्माण र पूर्वाधार विकास
राजेन्द्र लिङ्देनलाई धम्की प्रकरणबारे छानविन गर्न सरकारसँग राप्रपाको माग
राजेन्द्र लिङ्देनलाई धम्की प्रकरणबारे छानविन गर्न सरकारसँग राप्रपाको माग
अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने यस्ता छन् सरकारको निर्णय
अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने यस्ता छन् सरकारको निर्णय
कृतिम मूल्य बढाउनेविरुद्ध सरकारले कारवाहीको कदम चालिरहेको छः प्रधानमन्त्री अाेली
सुनुवाइ समिति बन्नुभन्दा अगाडि नै प्रधानन्यायाधीशको नाम सिफारिश : कानून मन्त्री
सुनुवाइ समिति बन्नुभन्दा अगाडि नै प्रधानन्यायाधीशको नाम सिफारिश : कानून मन्त्री
अमेरिकन आइडलमा दिवेश दोस्रो, जस्ट साम बनिन विजेता
किसानलाई कुटेर नाङ्गै बनाई लखेटेपछि…
किसानलाई कुटेर नाङ्गै बनाई लखेटेपछि…
काठमाडौंको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियस
काठमाडौंको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियस
संसारको पहिलो सैलुन जहाँ अर्धनग्न महिलाले पुरुष ग्राहकलाई यस्तो सुविधा दिने!
संसारको पहिलो सैलुन जहाँ अर्धनग्न महिलाले पुरुष ग्राहकलाई यस्तो सुविधा दिने!

तपाईंले छुटाउनुभयो कि?