पाँच महिनामा ७४ यात्रुको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
१८ पटक हेरिएको
Shares
पाँच महिनामा ७४ यात्रुको मृत्यु

सारांश

  • चितवनमा सवारी साधनको चाप बढेसँगै दुर्घटना पनि बढ्दै गएको पाइएको छ ।
  • जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको मङ्सिरसम्ममा जिल्लामा १ सय ३५ सवारी साधन दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ भने ३ सय १७ जना घाइते भएका छन् ।
  • कार्यालयका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार बस दुर्घटनामा १७, ट्रक र ट्र्याक्टर दुर्घटनामा चार, जिप दुर्घटनामा तीन, मोटरसाइकल दुर्घटनामा २८, विभिन्न सवारी साधनको ठक्करबाट पाँच साइकलयात्री तथा १७ पैदलयात्रीको मृत्यु भएको छ ।

चितवनमा सवारी साधनको चाप बढेसँगै दुर्घटना पनि बढ्दै गएको पाइएको छ । जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको मङ्सिरसम्ममा जिल्लामा १ सय ३५ सवारी साधन दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ भने ३ सय १७ जना घाइते भएका छन् ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार बस दुर्घटनामा १७, ट्रक र ट्र्याक्टर दुर्घटनामा चार, जिप दुर्घटनामा तीन, मोटरसाइकल दुर्घटनामा २८, विभिन्न सवारी साधनको ठक्करबाट पाँच साइकलयात्री तथा १७ पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरी निरीक्षक गौतमले मोटरसाइकलको ठक्करबाट बढी संख्यामा मृत्यु हुने गरेको बताए । सडकमा सवारी साधनको चाप बढेसँगै दुर्घटनाको संख्या पनि बढ्दै गएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?