कानुन व्यवसायीको चुनाव : सोमबारदेखि मतगणना हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
कानुन व्यवसायीको चुनाव : सोमबारदेखि मतगणना हुने

सारांश

  • काठमाडौं ।
  • नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको चुनाव शनिबार सकिएको छ ।
  • सातवटै प्रदेशबाट भएको प्रत्यक्ष निर्वाचनमा देशभरबाट ८ हजार ३२९ मत खसेको छ।

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको चुनाव शनिबार सकिएको छ । सातवटै प्रदेशबाट भएको प्रत्यक्ष निर्वाचनमा देशभरबाट ८ हजार ३२९ मत खसेको छ। देशभर १० हजार तीन सय १३ मतदाता रहेका थिए ।

देशभरका ३५ वटा मतदान केन्द्रबाट ८०.७८ प्रतिशत मत खसेको निर्वाचन अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए। रिजालका अनुसार आज आइतबारसम्म देशका सबै ठाउँका मतपेटिका आइपुगेमा भोलि सोमबारदेखि मतगणना सुरु हुनेछ।

बारमा नयाँ नेतृत्वको परिणाम थाहा पाउन भने तीन–चार दिन पर्खनुपर्ने भएको छ। देशभर भएको चुनावको मतपेटिका काठमाडौं आइसकेपछि मात्रै मतगणना सुरु हुने बताए ।

नेपाल बार एसोसिएसनको २५औं केन्द्रीय कार्यसमितिका लागि भएको प्रत्यक्ष चुनावमा लोकतान्त्रिकका अधिवक्ता सुनिलकुमार पोखरेल र प्रगतिशील पक्षका वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?