बाच्छी काटेर मासु भाग लगाउँदै गर्दा चारजना पक्राउ
सारांश
- गोरखा : प्रदेश नं.
- ३ की उपसभामुख राधिका तामाङले गाई काट्न पाउनु पर्ने आवाज उठाएपछि पक्ष र विपक्षमा चर्चा चुलिएका बेला गोरखामा भने गाई काटेर मासु भाग लगाउँदै गरेका चार जना पक्राउ परेका छन् ।
- राष्ट्रिय जनावर गाई काटेको आरोपमा अजीरकोट ४ सिम्जुङका चार जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
गोरखा : प्रदेश नं. ३ की उपसभामुख राधिका तामाङले गाई काट्न पाउनु पर्ने आवाज उठाएपछि पक्ष र विपक्षमा चर्चा चुलिएका बेला गोरखामा भने गाई काटेर मासु भाग लगाउँदै गरेका चार जना पक्राउ परेका छन् ।
राष्ट्रिय जनावर गाई काटेको आरोपमा अजीरकोट ४ सिम्जुङका चार जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । बुधबार पक्राउ परेका आइते सार्की, मंगले सार्की, बुधे सार्की र रामे सार्कीलाई बिहीबार मुद्धा दर्ता गरीएको थियो । शुक्रबार अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिए ।
स्थानीयको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरी बिहीबार जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो । ‘चारैजनाविरुद्ध मुद्धा दर्ता गरी अदालतबाट म्याद लिएर अनुसन्धान थालेका छौँ’ अधिकारीले भने,‘उनीहरुलाई गोबध ऐन अन्तरगत कारबाही प्रक्रिया अघि बढ्छ ।’
एक वर्षको गाईको बाच्छी काटेर मासु भाग लगाउँदै गर्दा पक्राउ गरेको अधिकारीले जानकारी दिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Binod Bhujel
tesli pani tesai gare katnuparxa sala kutta li
Chamlagai Sovitkc
आफ्नो रास्टय जनवारहरुको Rakchhya गर्न नसक्ने रास्टय नै नेपाल हो, हिजो अस्ती गाई काटने 45 हजारमा सफाई पाए अब बाछी काटनेलाई चै रु 22500 त होलानी हाप,,,