लुकेर ८/१० जनाले ढुंगा हान्दैमा एमालेको विजय यात्रालाई कुनै शक्तिले रोक्न सक्दैन्: पहारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १३, २०७४
|
|
१९ पटक हेरिएको
Shares
लुकेर ८/१० जनाले ढुंगा हान्दैमा एमालेको विजय यात्रालाई कुनै शक्तिले रोक्न  सक्दैन्: पहारी

सारांश

  • असोज -२ मा सम्पन्न हुन गइरहेको तेश्रो चरणको निर्बाचनमा सुर्य ध्वजाबाहक उम्मेद्दार लाई बिजयी बनाउन आबश्यक योजना बनाउने र सबै जनसगठनको तर्फबाट प्रतिबद्दता जनाउने उद्देश्यका साथ नेकपा (एमाले) मोर्चा सगठन द्दारा आयोजित प्रदेश न २ स्तरिय बिशेष भेला जनकपुरमा प्रमुख अतिथि-कमरेड माधब कुमार नेपाल बाट सम्बोधन शुरुभएको छ ।
  • मंगलवार जनकपुर पुगेका नेता नेपाललाई रामानन्द चोकमा भेला भएका राजपा कार्यकर्ताले कालोझण्डा देखाउँदै ढुंगा प्रहार गरेका थिए तर आठ/दश जनाको संख्यामा रहेका उनीहरुलाई प्रहरीले तितरबितर पारेको थियो ।
  • त्यसपछि फेरि राजपा कार्यकर्ताले एमालेको कार्यकर्ता भेलामै ढुंगा प्रहार गरेका थिए ।

असोज -२ मा सम्पन्न हुन गइरहेको तेश्रो चरणको निर्बाचनमा सुर्य ध्वजाबाहक उम्मेद्दार लाई बिजयी बनाउन आबश्यक योजना बनाउने र सबै जनसगठनको तर्फबाट प्रतिबद्दता जनाउने उद्देश्यका साथ नेकपा (एमाले) मोर्चा सगठन द्दारा आयोजित प्रदेश न २ स्तरिय बिशेष भेला जनकपुरमा प्रमुख अतिथि-कमरेड माधब कुमार नेपाल बाट सम्बोधन शुरुभएको छ ।
मंगलवार जनकपुर पुगेका नेता नेपाललाई रामानन्द चोकमा भेला भएका राजपा कार्यकर्ताले कालोझण्डा देखाउँदै ढुंगा प्रहार गरेका थिए तर आठ/दश जनाको संख्यामा रहेका उनीहरुलाई प्रहरीले तितरबितर पारेको थियो । त्यसपछि फेरि राजपा कार्यकर्ताले एमालेको कार्यकर्ता भेलामै ढुंगा प्रहार गरेका थिए ।

एमालेलाई मधेस बिरोधी भन्दै राजपा कार्यकर्ताले कालोझण्डा देखाएर नेपालको जनकपुर भ्रमणको बिरोध गरेका हुन् । एमालेको कार्यकर्ता भेला पिडारी चोकमा चलिरहँदा कार्यक्रमस्थल बाहिर राजपाका केही कार्यकर्ताले कालोझण्डा देखाएका थिए । एमालेलाई मधेसबाट बढार्ने भन्दै उनीहरुले कूचोसमेत बोकेका थिए ।

उनीहरुले एमाले मूर्दावादको नारा लगाएपछि केही एमाले कार्यकर्ता बाहिर आएर लखेटेका थिए । चार/पाँच जनाले कालोझण्डा देखाएर एमाले बिरुद्ध नाराबाजी गरेको भेलामा सहभागी अनेरास्ववियु केन्द्रीय सचिव आरती लामाले बताइन् ।

कार्यकर्ता भेलामा माधव नेपाल, गोकर्ण विष्ट, शत्रुघन महतो लगायतका नेताहरु सहभागी छन,

मंगलवार जनकपुर पुगेका नेता नेपाललाई रामानन्द चोकमा भेला भएका राजपा कार्यकर्ताले कालोझण्डा देखाएपछि युवा संघका अध्यक्ष राजिव पहारीले लुकेर छिपेर ८/१० जनाले ढुंगा कार्यक्रम स्थलमा हान्दैमा कालो झण्डा प्रदर्शन गर्दैमा असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विजय यात्रालाई कुनै पनि शक्तिले रोक्न र छेक्न नसक्ने बताउनु भयो ।
भेलालाई सम्बोधन गर्दै पहारीले भने यदि आज जनकपुरको पिडारीचोकमा भएको २ नं प्रदेश स्तरीय मोर्चा संगठनहरुको भेलामा जस्तो हर्कत जो कसैले दोहोर्याउछ भने युवा संघ नेपाल टाउकोमा कफन वाधेर मैदानमा उत्रने चेतवनी दिएका छन ।

 

प्रतिक्रिया

9 कमेन्ट

    Comment Author

    आधार बिन्दु

    जस्तो बीउ रोप्यो उस्तै फल्छ!

      Comment Author

      Mingmar Lama

      yo parchanda nalayak babu xora ko kam ho

    Comment Author

    अरुण बज्राचार्य

    सहि हाे

    Comment Author

    Karki Tika

    हत्केलाले सुर्य छेक्दैन !

    Comment Author

    Laxmi Chan

    Sai khuro ho

    Comment Author

    Dev Bdr Maharjan

    पहारी जी सही कुरा गर्नु भयो ।

    Comment Author

    Krishna Bastola

    Yes yo sahi ho Ra te katar darpok n jana birodhi haru Hun

    Comment Author

    Rajan Kandel

    good

    Comment Author

    Rabindrar R Shresthar

    यी भारतिय रा ज पा दलाल युवा सघ नेपाल ले कार्यवाही गर्ने पर्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?