मनाङको नेस्याङ गाउँपालिकामा एमालेको प्यानलै विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १, २०७४
|
|
१९७ पटक हेरिएको
Shares
मनाङको नेस्याङ गाउँपालिकामा एमालेको प्यानलै विजयी

सारांश

  • मनाङको नेस्याङ गाउँपालिकामा एमालेलेको प्यानलै विजयी भएको छ ।
  • सो गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा एमालेले विजयी हासिल गरेको छ ।
  • सो गाउँपालिकामा एमालेका कान्छा घलेले ६२७ मत प्राप्त गरी विजयी भएका हुन् ।

मनाङको नेस्याङ गाउँपालिकामा एमालेलेको प्यानलै विजयी भएको छ । सो गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा एमालेले विजयी हासिल गरेको छ ।

सो गाउँपालिकामा एमालेका कान्छा घलेले ६२७ मत प्राप्त गरी विजयी भएका हुन् । नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार बिनोद गुरुङले ४६१ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६११ मत प्राप्त गरेर विजयी भएकी छन् भने उनकी प्रतिद्वन्दी कांग्रेसकी छिरिङ ओङमा गुरुङले ५०४ मत प्राप्त गरेकी छन् । यसअघि मनाङको चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घले बिजयी भइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?