देशमा मन्त्रीको संख्या १०० पुग्देै, कसरी धान्ला राज्यले !

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १८, २०७४
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • -केन्द्रमा १४ र सात प्रदेशमा ३५ संसदीय समिति – अझै पाएनन् चारवटा प्रदेश सरकारले पूर्णता – प्रदेश सभाको २०% सम्म मन्त्री बनाउन सकिने व्यवस्था – प्रदेश मन्त्रिपरिषद्बारे एमाले–माओवादी सहमति केन्द्र र प्रदेशमा गरी देशमा ६ दर्जन मन्त्री नियुक्त भइसकेका छन् ।
  • अझै कम्तीमा १७ मन्त्री थपिँदै छन् ।
  • नेताको व्यवस्थापन गर्न सरकारी सेवा–सुविधा पाउने संसदीय समिति बढाउने योजनामा पनि दलहरू छन् ।

-केन्द्रमा १४ र सात प्रदेशमा ३५ संसदीय समिति

– अझै पाएनन् चारवटा प्रदेश सरकारले पूर्णता

– प्रदेश सभाको २०% सम्म मन्त्री बनाउन सकिने व्यवस्था

– प्रदेश मन्त्रिपरिषद्बारे एमाले–माओवादी सहमति

केन्द्र र प्रदेशमा गरी देशमा ६ दर्जन मन्त्री नियुक्त भइसकेका छन् । अझै कम्तीमा १७ मन्त्री थपिँदै छन् । नेताको व्यवस्थापन गर्न सरकारी सेवा–सुविधा पाउने संसदीय समिति बढाउने योजनामा पनि
दलहरू छन् ।

संविधानको व्यवस्थाअनुसार केन्द्र सरकारको मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुनेछ । प्रधानमन्त्रीसहित २२ सदस्य नियुक्त भइसकेका छन् । प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएपछि तीन मन्त्री थप्ने तयारी छ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा सहभागी गराउन ओलीले पहल गरिरहेका छन् ।

सबै प्रदेश सरकारले पनि पूर्णता पाएका छैनन् । सात प्रदेशमा अहिलेसम्म ४९ मन्त्री नियुक्त भइसकेका छन् । १४ मन्त्री अझै थपिँदै छन् । केन्द्र र प्रदेश गरी हालसम्म ७१ मन्त्री नियुक्त भइसकेका छन् ।

सरकारमा समेट्न नसकेका नेताहरूको व्यवस्थापनका लागि धेरै संसदीय समिति बनाउने सत्तारुढ दलहरूको योजना छ । संघिय संसद्मा १४ र सात वटै प्रदेश सभाका गरि ३५ संसदीय समिति बनाउने तयारी छ । प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ४ समिति बनाउने तयारी सुरु भएको छ । यसका लागि दुवै सभाका नियमावली मस्यौदा समितिले छलफल अघि बढाएका छन् । संसदीय समितिका सभापतिले राज्यमन्त्रीसरह सुविधा पाउने व्यवस्था छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    धिरज बोहरा काजी

    संघियता खारिज गर्नु पर्छ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?