काठमाडौंका ६ नगरपालिकामा एमालेको अग्रता, कांग्रेस ३ नगरपालिकामा अगाडि
सारांश
- १ जेठ, काठमाडौं ।
- काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुँदै गर्दा काठमाडौंभित्रका १० वटा नगरपालिकामा भने एमालेले अग्रता लिएको छ ।
- कांग्रेसले एमालेलाई पछ्याइरहेको छ भने माओवादीले कुनै पनि नगरपालिकामा अग्रता लिन सकेको छैन ।
१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुँदै गर्दा काठमाडौंभित्रका १० वटा नगरपालिकामा भने एमालेले अग्रता लिएको छ । कांग्रेसले एमालेलाई पछ्याइरहेको छ भने माओवादीले कुनै पनि नगरपालिकामा अग्रता लिन सकेको छैन ।
हालसम्म शंखरापुर, बुढानीलकण्ठ, नागार्जुन, कीर्तिपुर, दक्षिणकाली र टोखा नगरपालिकामा एमालेका मेयर र उपमेयकार उम्मेदवारले अग्रता लिइरहेका छन् । कांग्रेसले कागेश्वरी मनहरा, चन्द्रागिरी र गोकर्णेश्वर नगरपालिकामा अग्रता लिएको छ ।
तारकेश्वर नगरपालिकाको अहिलेसम्म मतगणनाको प्रारम्भिक नतिजा बाहिर आएको छैन । एमालेले बुढानीलकण्ठको वडा नम्बर १३ मा प्यानलै जितेको छ भने कीर्तिपुर, नागर्जुन नगरपालिकाका केही वडामा पनि जितेको छ ।
(Valium)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया