मिटरब्याजीविरुद्ध थुप्रै उजुरी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १९, २०८०
|
|
३४ पटक हेरिएको
Shares
मिटरब्याजीविरुद्ध थुप्रै उजुरी

सारांश

  • जनकपुर ।
  • मधेस प्रदेशको राजधानी जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएसँगै मिटरब्याजीविरुद्ध थुप्रै उजुरी परेको छ ।
  • उजुरीका लागि सुरुमा वैशाख १७ गतेदेखि ३१ गतेसम्म समय तोकिएकामा उजुरी आउने क्रम जारी रहेकाले सात दिन म्याद थप गरी जेठ ७ गतेसम्मका लागि बढाइएको थियो ।

जनकपुर । मधेस प्रदेशको राजधानी जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएसँगै मिटरब्याजीविरुद्ध थुप्रै उजुरी परेको छ ।

उजुरीका लागि सुरुमा वैशाख १७ गतेदेखि ३१ गतेसम्म समय तोकिएकामा उजुरी आउने क्रम जारी रहेकाले सात दिन म्याद थप गरी जेठ ७ गतेसम्मका लागि बढाइएको थियो । जेठ ७ गतेसम्म पनि उजुरी आउने क्रम नरोकिएकाले पुनः जेठ १४ गतेसम्म समय थपिएको थियो ।

जिल्लामा दुई हजार छ सय ११ वटा उजुरी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । यसैगरी महोत्तरी जिल्लामा दुई हजार तीन सय ३६ उजुरी प्राप्त भएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्न गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । कार्यालय स्थापना भएसँगै मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन पीडितबाट निवेदन आह्वान गरिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताए ।

जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएपछि पीडितले आफूसँग उपलब्ध रहेका प्रमाणसहित निवेदन दिएका थिए । निवेदन फारम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले निःशुल्क भरिदिने प्रबन्ध मिलाइएको थियो ।प्रदेशको आठवटै जिल्ला प्रशासन कार्यालयमा दैनिक सयौँको सङ्ख्याका मिटरब्याज पीडितले उजुरी दर्ता गराएका थिए ।

(www.vidaliaonion.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यवसायीको सफलतामा नै समृद्ध नेपाल सम्भव छः मुख्यमन्त्री अधिकारी
व्यवसायीको सफलतामा नै समृद्ध नेपाल सम्भव छः मुख्यमन्त्री अधिकारी
कानून बनाउन प्रदेश सरकार छलफलमा मन्त्री बोहरा
कानून बनाउन प्रदेश सरकार छलफलमा मन्त्री बोहरा
लोकतन्त्र जान्छ रे, अनि आउँछ के त?: प्रधानमन्त्री ओली
फोहरबाट आम्दानी गर्दै कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल
फोहरबाट आम्दानी गर्दै कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल
ओली र प्रचण्डबिच टेलिफोन वार्ता, वाम गठबन्धनले दुई तिहाई ल्याउने, सरकार बनाएलगत्तै पार्टी एकता गरिने
ओली र प्रचण्डबिच टेलिफोन वार्ता, वाम गठबन्धनले दुई तिहाई ल्याउने, सरकार बनाएलगत्तै पार्टी एकता गरिने
चिनियाँ जनवादी क्रान्तिको आधार इलाकामा उपराष्ट्रपति पुनका १२ तस्बिर
चिनियाँ जनवादी क्रान्तिको आधार इलाकामा उपराष्ट्रपति पुनका १२ तस्बिर
सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको नेविसंघ कार्यकर्तामाथी प्रहरीकाे लाठीचार्ज
सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको नेविसंघ कार्यकर्तामाथी प्रहरीकाे लाठीचार्ज
पत्रकार वडाध्यक्षमा विजयी
रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक
रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक
उपनिर्वाचनको सुरक्षा कार्ययोजना तयार
उपनिर्वाचनको सुरक्षा कार्ययोजना तयार