नयाँ आइजिपीका लागि रस्साकस्सी शुरु
सारांश
- काठमाडौँ: नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक (आईजीपी) का लागि रस्साकस्सी सुरु भएको छ ।
- यही चैत २८ गते बहालवाला आईजीपी प्रकाश अर्यालले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश लिने भएपछि नयाँ आईजीपीका लागि रस्साकस्सी सुरु भएको हो ।
- आईजीपीका लागि डीआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुस्कर कार्की चर्चामा छन् ।
काठमाडौँ: नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक (आईजीपी) का लागि रस्साकस्सी सुरु भएको छ । यही चैत २८ गते बहालवाला आईजीपी प्रकाश अर्यालले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश लिने भएपछि नयाँ आईजीपीका लागि रस्साकस्सी सुरु भएको हो ।
आईजीपीका लागि डीआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुस्कर कार्की चर्चामा छन् । डीआईजी उत्तम कार्की र धिरु बस्न्यालले समेत आईजीपीका लागि लविङ गरिरहेका छन् । पाँचैजना प्रहरी सेवामा अब्बल कार्यसम्पादन गर्ने अधिकृतका रुपमा चिनिन्छन् ।
तीनैजना अब्बल
वरियतामा पहिलो नम्बरका खनाल गुण्डागर्दीविरुद्धको अपरेशन पर्नेमा चर्चित छन् । अनुसन्धानमा अब्बल अधिकृतका रुपमा खनाल चिनिन्छन् । उनले अहिले ट्राफिक महाशाखाको नेतृत्व गरिरहेका छन् । कुमार घैँटेसहित आपराधिक क्रियाकलापमा संलग्नलाई खनालकै पाला इन्काउन्टर भएको हो ।
काठमाडौं प्रहरी प्रमुख, धनुषा प्रहरी प्रमुख हुँदै अञ्चल प्रहरी कार्यालय नारायणी र महानगरीय अपराध महाशाखाको नेतृत्व सम्हालेका खनाल वरियताक्रममा समेत एक नम्बरमा छन ।
दोस्रो नम्बरका खरेल ‘जनप्रिय’ प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । उनले आफु खटिएको क्षेत्र र जिल्लामा अपराधिक समूहलाई नियन्त्रणमा लिने काममा सफलता पाएका थिए । भ्रष्टाचार र अपराधविरुद्ध खुलेरै बोल्ने उनी दुई पटक काठमाडौंको प्रहरी प्रमुख भएर काम गरिसकेका छन् ।
एसपीका रुपमा कास्की प्रहरी प्रमुख हुँदा पोखराको गुण्डागर्दीविरुद्ध उत्रिएर उनी चर्चामा आए । काठमाडौँको गुण्डागर्दीदेखि पर्साको वीरगन्जमा तस्करीविरुद्ध कडा कदम चालेर उनी चर्चामा आएका थिए । सामाजिक सञ्जालमा समेत उनका धेरै प्रशंसक छन् । उनले प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयको नेतृत्व सम्हालिरहेका छन् ।
तेस्रो वरियाता क्रममा रहेका पुस्कर कार्की पनि अब्बल अधिकृतका रुपमा चिनिन्छन् । महानगरीय अपराध महाशाखाको प्रमुख भएपछि कार्की चर्चित भए । उनको नेतृत्वमा गुण्डागर्दीमा संलग्न दिनेश अधिकारी ‘चरी’को इन्काउण्टर भएको थियो ।
हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख रहेका कार्कीको कमाण्डमा निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याका योजनाकार समिरमान बस्नेत पक्राउ परे । मोरङको प्रहरी प्रमुख हुँदा समेत उनी चर्चामा आएका थिए । उनी प्रहरीमा रहँदा कुनै दाग लागेको छैन ।
खरेलसँगै प्रहरी सेवा प्रवेश गरेका चौथो नम्बरमा उत्तम कार्की इमान्दार प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । आईजीपीका मुख्य दाबेदार खनाल, खरेल र कार्कीमध्ये खरेल सबैभन्दा पहिले प्रहरी सेवा प्रवेश गरका हुन ।
– अन्नपूर्ण पोष्ट दैनिकबाट
Pramesh Bishwas
Ramesh kharel
Sunena Kandangwa
Ramesh kharel
पदम राज गिरि
सर्बेन्द्रले