प्रिमियर लिगः सिटी, युनाइटेड र चेल्सीको जित

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १२, २०७९
|
|
५९ पटक हेरिएको
Shares
प्रिमियर लिगः सिटी, युनाइटेड र चेल्सीको जित

सारांश

  • काठमाडौं।
  • इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीले संघर्षपूर्ण जित निकालेको छ।
  • ब्रुनो फर्नान्डेजले दोस्रो हाफमा गरेका निर्णायक गोलमा म्यानचेष्टर युनाइटेडले शनिबार चाडो गरि भएको खेलमा भ्रमणकारी टोली साउथह्याम्पटनलाई १–० ले पराजित गर्‍याे।

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीले संघर्षपूर्ण जित निकालेको छ।

ब्रुनो फर्नान्डेजले दोस्रो हाफमा गरेका निर्णायक गोलमा म्यानचेष्टर युनाइटेडले शनिबार चाडो गरि भएको खेलमा भ्रमणकारी टोली साउथह्याम्पटनलाई १–० ले पराजित गर्‍याे। खेलको ५५औं मिनेटमा ब्रुनोले गरेको गोलमा युनाइटेडले महत्वपूर्ण तीन अंक हासिल गर्‍याे।

जितसँगै युनाइटेड चार खेलबाट ६ अंक बनाए सातौं स्थानमा छ। यता, चार खेलमा चार अंक जोडेको साउथह्याम्पटन १४औंं स्थानमा छ। अर्काे रोमाञ्चक खेलमा एर्लिङ हाल्यान्डले ह्याट्रिक मद्दतमा म्यानचेष्टर सिटीले क्रिस्टल प्यालेसविरुद्ध पुनरागमन ४–२ को जित निकाल्यो।

जोन स्टोनेसले खेलको चौथो मिनेटमा आत्माघाति र जोआचिम एन्डरसनले २१औं मिनेटमा गोल गरेपछि प्यासेस पहिलो हाफमा २–० अघि रह्यो। बर्नान्डो सिल्भाले ५३औं मिनेटमा गोल गर्दै अग्रता २–१ मा झारे । ६२औं मिनेट हाल्यान्डले गोल गर्दा खेल २–२ को अवस्थामा पुग्यो। यसपछि हाल्यान्डले ७०औं र ८१औं मिनेटमा ह्याट्रिक पूरा गर्दै सिटीको जित सुनिश्चित गरे।

जितपछि सिटी ४ खेलबाट १० अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ। पराजित क्रिस्टल प्यालेस ४ खेलबाट ४ अंक जोड्दै १३औं स्थानमा छ। यता, चेल्सीले लेस्टर सिटीलाई २–१ ले हरायो। १० खेलाडीमा सिमित चेल्सीको जितमा रहिम स्टर्लिङले दुई गोल गरे। लेस्टरका हार्भे बार्नेसले एक गोल फर्काए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुम्बन पाउने आशामा प्रेमीले बुर्का लगाएपछि सिधै जेल पुगे
चुम्बन पाउने आशामा प्रेमीले बुर्का लगाएपछि सिधै जेल पुगे
प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता
लोकमान विरुद्ध युवा संघले संसद भवन घेर्ने…
लोकमान विरुद्ध युवा संघले संसद भवन घेर्ने…
कतै रक्सी पेटमा हाल्ने, कतै रक्सी खाल्डोमा फाल्ने
कतै रक्सी पेटमा हाल्ने, कतै रक्सी खाल्डोमा फाल्ने
राष्ट्रपतीय कार्यालयलाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार !
राष्ट्रपतीय कार्यालयलाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार !
काठमाडौं–८ मा २०० गन्दा सिर्जना सिंहको ९९ मत, अरुको कति
काठमाडौं–८ मा २०० गन्दा सिर्जना सिंहको ९९ मत, अरुको कति
भरिएको कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह
भरिएको कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह
जोड जोडले गफ गरेपछि गोली हानेर पाँच जनाको हत्या
जोड जोडले गफ गरेपछि गोली हानेर पाँच जनाको हत्या
किन चिन्ता गर्नुहुन्छ ?’ भनेकी महिलाले चिन्तामा यसरि डुबाए पछि …
किन चिन्ता गर्नुहुन्छ ?’ भनेकी महिलाले चिन्तामा यसरि डुबाए पछि …
विवाहबाट भागेपछि बेहुलालार्इ बिच बाटाेमै यसरी लतारीन बेहुलीले हेर्नुहाेस भिडियाे !
विवाहबाट भागेपछि बेहुलालार्इ बिच बाटाेमै यसरी लतारीन बेहुलीले हेर्नुहाेस भिडियाे !