बाढीपीडितलाई वडाध्यक्षले मागे राहतमा कमिसन!

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २२, २०७४
|
|
३४ पटक हेरिएको
Shares
बाढीपीडितलाई वडाध्यक्षले मागे राहतमा कमिसन!

सारांश

  • मोरङको जहदा गाउँपालिका १ की कौशल्या राजवंशी बाढीपीडित हुन् ।
  • साउनको बाढीले उनको सर्वस्व लग्यो ।
  • उनी पूर्णरुपमा प्रभावित बाढीपीडितको सूचीमा छिन् ।

मोरङको जहदा गाउँपालिका १ की कौशल्या राजवंशी बाढीपीडित हुन् । साउनको बाढीले उनको सर्वस्व लग्यो । उनी पूर्णरुपमा प्रभावित बाढीपीडितको सूचीमा छिन् ।

तर, सरकारले उपलब्ध गराएको राहत पाउन भने जनप्रतिनिधिलाई १० हजार रुपैयाँ घुस खुवाउनुपर्यो ।

कौशल्याले भनिन्, ‘बाढीले घरवारबिहिन बनाएका हामीलाई सरकारले दिएको रकमको पनि कमिसन लगे ।’ आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

उनले दुई पटक गरी ५/५ हजार रुपैयाँका दरले वडा कार्यालयमा काम गर्ने हरिओम राजवंशीलाई १० हजार रकम बुझाएपछि मात्र राहत बापतको १५ हजार रुपैयाँ पाएको बताइन् ।

मागेको रकम नदिँदा आफूले राहत नपाएको गुनासो गर्दै सुमती देवीले भनिन्, हरिओमले पैसा माग्दा नदिँदा नाम दर्ता नै गराएनन् ।

जहदा १ मा धेरैसँग रकम लिएर बाढीपीडतको राहत लुट्ने काम भएको उनले गुनसो गरिन् ।

जहदा गाउँपालिका १ का वडाध्यक्ष प्रदीप यादवले कमिसनस्वरुप १० हजार दिनेलाई मात्र राहतको प्याकेजमा नाम सिफारिस गरेको पीडितको आरोप छ ।

वडाध्यक्ष यादवले यो विषयमा आफूलाई जानकारी नभएको दाबी गरे । उनले भने, ‘मलाई बदनाम गर्न कमिसनको कुरा उठाइएको हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?