ईश्वर पोखरेल कार्यवाहक प्रधानमन्त्री
सारांश
- प्रधानमन्त्री ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मा रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् ।
- वरिष्ठताका आधारमा पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।
- प्रधानमन्त्री ओली तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार बिहान काठमाडौंबाट दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मा रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् । वरिष्ठताका आधारमा पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।
प्रधानमन्त्री ओली तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार बिहान काठमाडौंबाट दिल्लीतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, एमाले उपाध्यक्ष वामदेव गौतमलगायतले बिदाइ गरेका थिए ।
प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किनेछन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया