भक्तपुर अपडेट: यस्तो छ अहिलेसम्मको मतपरिणाम

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३, २०७४
|
|
१४० पटक हेरिएको
Shares
भक्तपुर अपडेट: यस्तो छ अहिलेसम्मको मतपरिणाम

सारांश

  • ३ जेठ, भक्तपुर ।
  • भक्तपुर जिल्लाका चार वटा नगरपालिकामध्ये ३ नगरपालिकामा मतगणना जारी छ भने चाँगुनारायण नगरपालिकामा मतगणना हुन सकेको छैन ।
  • चाँगुनारायण नगरपालिकाको नगरकोट मतदान केन्द्रको ख नम्बर बुथमा भएको मतपत्रको विवाद आएपछि मत गणना हुन सकेको थिएन ।

३ जेठ, भक्तपुर । भक्तपुर जिल्लाका चार वटा नगरपालिकामध्ये ३ नगरपालिकामा मतगणना जारी छ भने चाँगुनारायण नगरपालिकामा मतगणना हुन सकेको छैन ।

चाँगुनारायण नगरपालिकाको नगरकोट मतदान केन्द्रको ख नम्बर बुथमा भएको मतपत्रको विवाद आएपछि मत गणना हुन सकेको थिएन । विवाद समाधान नभएपछि आज यहाँ पुनः मतदान भइरहेको छ । यो बुथको मतदान सकिएपछि मात्रै यहाँको मतगणना सुरु हुने बताइएको छ ।

अहिलेसम्मको मतगणनालाई हेर्दा भक्तपुर नगरपालिकाको वडा नम्बर १ मा नेमकिपाका श्यामकृष्ण खत्रीको प्यानल र वडा नम्बर २ मा नेमकिपाकै हरिप्रसाद बासुकलाको प्यानलले विजयी हासिल गरेको छ ।

मध्यपुरथिमी नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका सुरज खड्काको प्यानल विजयी भएको छ । वडा नम्बर २ को वडाध्यक्षमा कांग्रेसकै राम थापा मगर विजयी भएका छन् । एक महिला सदस्यमा एमालेले जित हासिल गरेको छ भने एमाले तर्फबाट दलित महिला सदस्य अम्बिका रजत निर्विरोध भएकी थिइन् ।

उता, सूर्यविनायक नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा एमालेका सानुकाजी कायस्थसहितको प्यानलले जितेको छ ।

नगरपालिकाको मेयरतर्फ जारी गणना अनुसार सूर्यविनायक र मध्यपुर थिमीमा कांग्रेस र भक्तपुर नगरपालिकामा नेमकिपा अग्रस्थानमा रहेको छ ।

सूर्यविनायकमा कांग्रेसका विष्णुराज कार्कीले २ हजार १ सय ९ मत पाएका छन् भने उपमेयरकी उम्मेदवार कल्पना राजथलाले १ हजार ६ सय १३ मत ल्याएकी छिन् । यस्तै, मेयरमा एमालेका वासुदेव थापाले २ हजार ७६ र उपमेयरमा जुना बस्नेतले २ हजार ३ सय ६८ मत ल्याएकी छन् । राप्रपाका मेयर प्रविण ढुंगेलले ४ सय ४० र उपमेयर जयन्ती महतले ५ सय ६६ मत ल्याएकी छिन् ।

मध्यपुर थिमीको मेयर पदमा कांग्रेसका अष्ट कबें  २ हजार ३ सय ४० मतसहित अगाडि छन् भने उपमेयरमा अञ्जना मधिकर्मीले २ हजार २ सय ८९ मत ल्याएकी छिन् ।

एमालेबाट मेयरमा मदन सुन्दर श्रेष्ठले १ हजार ८ सय १३ र उपमेयरमा नेमकिपाका केदार खड्काले १ हजार ३५ मत ल्याएका छन् ।  मध्यपुर थिमीमा एमाले र नेमकिपाले तालमेल गरेका छन् ।

मध्यपुर थिमीमा माओवादी केन्द्र तेस्रो स्थानमा छ । सो दलका मेयरका उम्मेदवार सुचित्रा श्रेष्ठ १ सय १ मत र उपमेयरमा बालकृष्ण जुगुले १ सय ४३ मत ल्याएकी छिन् ।

भक्तपुर नगरपालिकामा भने मेयरमा नेमकिपा अग्रस्थानमा छ । नेमकिपाका सुनील प्रजापतिले ६ हजार ४ सय २७ र उपमेयर रजनी जोशीले ६ हजार १ सय ८ मत ल्याएका छन् । यस्तै, कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार ६ सय ३७ र उपमेयरमा गंगालक्ष्मी अवालले ३ हजार ३ सय ९६ मत ल्याएका छन् ।

२०७४ जेठ ३ गते ११:१४ मा प्रकाशित

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माटोको ढिस्कोमा पुरिएर एकैघरका तीनको मृत्यु
एमाले माअाेवादी कार्यकर्तालाई प्रचण्डको प्रश्नः क्रमभंग गर्न तयार छौँ ?
एमाले माअाेवादी कार्यकर्तालाई प्रचण्डको प्रश्नः क्रमभंग गर्न तयार छौँ ?
बर्दियामा बामदेवको झिनो अग्रता
बर्दियामा बामदेवको झिनो अग्रता
सोलुदूधकुण्ड नगरपालिकाले ७० वर्ष नाघेका वृद्धवृद्धालाई घरमै उपचार सेवा दिने
राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन संवाद
राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन संवाद
विराटनगरको कार्यपालिकामा काँग्रेसको बहुमत
विराटनगरको कार्यपालिकामा काँग्रेसको बहुमत
उम्मेदवारको घरमा प्रेसर कुकर बम
उम्मेदवारको घरमा प्रेसर कुकर बम
राष्ट्रिय सभामा संविधानअनुसार बन्न बाँकी कानूनसँग सम्बन्धित अध्ययन प्रतिवेदन पेस
राष्ट्रिय सभामा संविधानअनुसार बन्न बाँकी कानूनसँग सम्बन्धित अध्ययन प्रतिवेदन पेस
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
को बन्ला त विजेता ?
को बन्ला त विजेता ?