अब दुनियाँको कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैनः प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३, २०७६
|
|
२६ पटक हेरिएको
Shares
अब दुनियाँको कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैनः प्रचण्ड

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब दुनियाँको कुनै पनि शक्तिले आफूहरुलाई हराउन नसक्ने बताएका छन् ।
  • शुक्रबार बल्खुमा मदन आश्रित स्मृति दिवस तथा नेकपा पार्टी एकताको वर्षको अवसरमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै प्रचण्डले भने, ‘अब अर्को धातुले बनेका मान्छे रहेछन् भन्ने देखाउँदै छौँ।
  • दुनियाको कुनै पनि तागतले हामीलाई हराउँने छैन।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब दुनियाँको कुनै पनि शक्तिले आफूहरुलाई हराउन नसक्ने बताएका छन् । शुक्रबार बल्खुमा मदन आश्रित स्मृति दिवस तथा नेकपा पार्टी एकताको वर्षको अवसरमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै प्रचण्डले भने, ‘अब अर्को धातुले बनेका मान्छे रहेछन् भन्ने देखाउँदै छौँ। दुनियाको कुनै पनि तागतले हामीलाई हराउँने छैन।’ प्रचण्डले २००७ सालदेखिको कम्युनिष्टहरुलाई अपमानित गर्ने प्रवृति हालसम्म पनि रहेको र त्यसबाट आफूहरु भने विचलित नभएको बताए ।

‘हामीलाई धेरै नै हेप्ने र अपहेलित गर्ने काम भयो। केही गर्न सक्दैनौँ भनेर लाञ्छना गर्ने हजारौँ पटक कोशिस भयो तर विज्ञानद्वारा त्यसलाई पराजित गर्न सफल भएका छौँ,’ उनले भने । उनले कम्युनिष्ट पार्टीलाई विभाजित गर्ने क्रियाकलाप आफूहरुले देखेको तर आफ्ना कार्यकर्ताको त्याग र तपस्याको परिणामले त्यो अर्थपूर्ण भएको बताए ।

प्रचण्डले विकासवादको नयाँ मोडल दिने चुनौति स्वीकार गर्दै आफ्नो पार्टी अघि बढेको बताए। उनले पार्टी एकताको प्रसंग जोड्दै भने,‘ पार्टी एकता तीन महिनाभित्र गर्ने भनेको ढिलो भयो। एक वर्ष भयो। तर अब केही मात्रै काम बाँकी छन्। आत्तिनुपर्ने छैन ।’ पार्टी्भित्र अझै पनि मार्ग्निर्देशक सिद्धान्त एक हुन नसकेको कुरा बाहिरिएका बेला प्रचण्डले त्यसलाई पुनः संकेत समेत गरेका छन्। उनले पुरानो विचार दोर्होयायो भने वैज्ञानिक हुन नसक्ने बताए ।

उनले भने,‘ विचारलाई पनि परिमार्जन गर्नु पर्छ । अग्रजले पुर्याएको विचारमा टेकेर आजको आवश्यक पूरा गर्नु पर्छ। नयाँ विचार र समाजवादको नयाँ मोडल दिने आँट गर्नु पर्छ । त्यो पुरानै कुरा दोर्होयाइरह्यो भने वैज्ञानिक हुन सक्दैनौँ । नयाँ संस्कृति र देश निर्माणको आँट गर्नु पर्छ । त्यो नै मदन र आश्रितको सच्चा श्रद्धान्जली हुने छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्वरो नापेर मात्र बसमा चढ्न पाइने
ज्वरो नापेर मात्र बसमा चढ्न पाइने
काठमाडौँमा अपहरण गरिएका बालकको हत्या
काठमाडौँमा अपहरण गरिएका बालकको हत्या
पाँचथरबाट एमालेको एक सिट थपियो : आङदेम्बेलाई साढे १० हजार मतले हराउँदै नेम्बाङ्ग विजयी
पाँचथरबाट एमालेको एक सिट थपियो : आङदेम्बेलाई साढे १० हजार मतले हराउँदै नेम्बाङ्ग विजयी
विश्वविद्यालयमा तोडफोड गर्ने १४ विद्यार्थी प्रहरीको नियन्त्रणमा
विश्वविद्यालयमा तोडफोड गर्ने १४ विद्यार्थी प्रहरीको नियन्त्रणमा
बाढी पीडितको अबस्था बुझ्न गएका मन्त्री ज्यूलाई जुत्तामा हिलो लाग्ने पीर !
बाढी पीडितको अबस्था बुझ्न गएका मन्त्री ज्यूलाई जुत्तामा हिलो लाग्ने पीर !
गाउँपालिका, नगरपालिकामा कर्मचारी जान नमानेपछि आयो सुविधै-सुविधाको अध्यादेश
गाउँपालिका, नगरपालिकामा कर्मचारी जान नमानेपछि आयो सुविधै-सुविधाको अध्यादेश
अवकाश हुँदै तीन सचिव, कस्को के दाउ
अवकाश हुँदै तीन सचिव, कस्को के दाउ
अस्वस्थ कर्मचारीलाई मात्रै स्वेच्छिक अवकाश पाउने, जोगियो ३० अर्ब
अस्वस्थ कर्मचारीलाई मात्रै स्वेच्छिक अवकाश पाउने, जोगियो ३० अर्ब
कार्यक्रम तथा बजेटलाई प्रभाबकारी रुपमा कार्यान्वायन गर्ने प्रदेश सरकारले नीति !
कार्यक्रम तथा बजेटलाई प्रभाबकारी रुपमा कार्यान्वायन गर्ने प्रदेश सरकारले नीति !
SRK’s daughter Suhana Khan’s picture hugging a mystery man going viral on social media!
SRK’s daughter Suhana Khan’s picture hugging a mystery man going viral on social media!

तपाईंले छुटाउनुभयो कि?