राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन संवाद

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १६, २०७७
|
|
५१ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन संवाद

सारांश

  • बेइजिङ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार टेलिफोन गर्दैै पछिल्लो अवस्थाबारेमा छलफल गरेका छन्।
  •  वार्ता कोरोना भाइरस महामारीमा केन्द्रित रहेको जानकारी दिइएको छ।
  •  चिनियाँ राष्ट्रपति सीले चीनले महामारीको नियन्त्रणमा कठिनाइको सामना गर्दा नेपाल र नेपाली जनताले देखाएको दृढ समर्थनबाट दुई देश र जनताबीचको गहिरो मित्रता झल्किएको बताएका थिए।

बेइजिङ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार टेलिफोन गर्दैै पछिल्लो अवस्थाबारेमा छलफल गरेका छन्।  वार्ता कोरोना भाइरस महामारीमा केन्द्रित रहेको जानकारी दिइएको छ।  चिनियाँ राष्ट्रपति सीले चीनले महामारीको नियन्त्रणमा कठिनाइको सामना गर्दा नेपाल र नेपाली जनताले देखाएको दृढ समर्थनबाट दुई देश र जनताबीचको गहिरो मित्रता झल्किएको बताएका थिए।  नेपालमा देखिएको महामारीप्रति चीन चिन्तित रहेको र नेपाललाई महामारीविरूद्ध लड्न निरन्तर साथ र सहयोग गर्दै जाने पनि चिनियाँ राष्ट्रपतिले बताए। 

राष्ट्रपति सीले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाल सरकार र जनताले चाँडोभन्दा चाँडो महामारीलाई जित्ने विश्वास पनि व्यक्त गरे। 

सीले महामारीपछि दुवै पक्षले गत वर्षको पारस्परिक भेटमा भएका रणनीतिक साझेदारीका सहमतिलाई कार्यान्वयन गर्ने तथा निरन्तर रूपमा अगाडि बढाउने अपेक्षा पनि गरे।  वार्ताको क्रममा राष्ट्रपति सीले अचानक नयाँ कोरोना भाइरस महामारीको सामना गर्नुपर्दा चीन सबैभन्दा कठिन अवस्थाबाट गुज्रेको स्मरण गराउँदै चीनले परिस्थितिलाई राम्ररी बुझेको पनि बताएका थिए। 

उनले चीनको दीर्घकालीन आर्थिक वृद्धिमा कुनै परिवर्तन नआउनेमा पूर्ण विश्वस्त रहेको पनि उल्लेख गरेका थिए।  महामारीका चुनौतिहरूको सामना गर्न अन्तर्राष्ट्रिय समुदाय पहिलेभन्दा अझ बढी ऐक्यवद्ध हुनुपर्ने र सहयोगको खाँचो भएको भन्दै बहुपक्षीयता कायम गर्न र अन्तर्राष्ट्रिय न्याय र नैतिकताको समर्थनको अझ बढी आवश्यकता रहेको औंल्याए।  उनले भने, ‘चीनले साझा मानव भाग्य समुदायको निर्माणको अवधारणालाई समर्थन दिनेछ, महामारीबिरूद्धको लडाईमा सक्रिय रुपमा अन्तर्राष्ट्रिय सहकार्यमा जोड दिने छ।  विश्व स्वास्थ्य संगठनलाई अग्रणी भूमिका निर्वाह गर्न सहयोग गर्नेछ। ’

वार्तामा नेपालकी राष्ट्रपति भण्डारीले राष्ट्रपति सीको बुद्धिमत्तापूर्ण नेतृत्वमा चिनियाँ सरकारले महामारीलाई सफलतापूर्वक नियन्त्रण गर्न निर्णायक र प्रभावकारी कदम चाल्नुका साथै विश्वव्यापी रूपमा महामारीविरूद्धको लडाइँ गर्न सक्रिय भूमिका खेलेको बताइन्। ‘नेपाली पक्षले यसको उच्च कदर गर्दछ र विश्वास गर्दछ कि चीनको अनुभवले महामारीलाई पराजित गर्न अन्य देशहरूको विश्वास बढाउने छ’ उनले भनिन्। 

गत वर्ष राष्ट्रपति सीद्वारा गरिएको नेपालको राजकीय भ्रमणबाट नेपाल–चीन सम्बन्ध नयाँ युगमा प्रवेश गरेको पनि बताइन्।  नेपाललाई महामारीविरूद्ध लड्न आवश्यक चिकित्सा सामग्री उपलब्ध गराएकोमा चीनप्रति राष्ट्रपति भण्डारीले कृतज्ञता व्यक्त गरेकी थिइन।  चीनसँगै मिलेर ‘बेल्ट एण्ड रोड’ को निर्माण र मानवजातिका लागि साझा भाग्य समुदायको निर्माणको प्रवध्द्र्धन गर्न इच्छुक रहेको पनि राष्ट्रपति भण्डारीले फोन संवादमा बताएको चिनियाँ सञ्चार माध्यमले जनाएकाका छन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साझा यातायातको टिकट अनलाइनबाटै, यसरी काट्न सकिन्छ टिकट
साझा यातायातको टिकट अनलाइनबाटै, यसरी काट्न सकिन्छ टिकट
बिधुत अभावका कारण तीनवटै टेलिसेन्टर बन्द…
बिधुत अभावका कारण तीनवटै टेलिसेन्टर बन्द…
ओलीले राष्ट्रपतिको कुरा ल्याउनासाथ बैठकमै पड्किए खनाल, माधव नेपाल ‘साईलेन्ट’
ओलीले राष्ट्रपतिको कुरा ल्याउनासाथ बैठकमै पड्किए खनाल, माधव नेपाल ‘साईलेन्ट’
रक्सीले मातेर ९० वर्षीया अपांग बृद्धालाई बलात्कार गर्नेलाई यस्तो सजाय
रक्सीले मातेर ९० वर्षीया अपांग बृद्धालाई बलात्कार गर्नेलाई यस्तो सजाय
फागुन २२ गते शनिवारको राशिफल यस्तो छ
फागुन २२ गते शनिवारको राशिफल यस्तो छ
रोटरीका पाँच अर्बका परियोजना
रोटरीका पाँच अर्बका परियोजना
साग महिला भलिबलमा आज नेपाल भारतसँग खेल्दै
साग महिला भलिबलमा आज नेपाल भारतसँग खेल्दै
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता पक्राउ
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता पक्राउ
प्रधानमन्त्री र सिके राउतले गरे एकअर्काकाे प्रशंशा
प्रधानमन्त्री र सिके राउतले गरे एकअर्काकाे प्रशंशा
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन