संगम एफसीलाई १२ औँ बिटी कपको उपाधी

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २५, २०७४
|
|
२८ पटक हेरिएको
Shares
संगम एफसीलाई १२ औँ बिटी कपको उपाधी

सारांश

  • पोखरा, २५ चैत  बुद्धटोल युवा क्लवले आयोजना गरेको दोश्रो बिरेन स्मृती तथा १२ औँ बिटी कपको उपाधी संगम फुटवल क्लवले हात पारेको छ ।
  • शनिवार सम्पन्न फाइनल खेलमा संगम एफसीले फुटवल क्वललाई १–० ले पराजित गरि दोश्रो बिरेन स्मृती १२ औ बिटी कपको उपाधी हात पारेको हो ।
  • खेलको दोश्रो हाफको पाँचौ मिनेटमा संगमका जर्सी नम्बर ३ का खेलाडी विमल बस्नेतले गरेको गोल नै निर्णायक हुन पुग्यो ।

पोखरा, २५ चैत 

बुद्धटोल युवा क्लवले आयोजना गरेको दोश्रो बिरेन स्मृती तथा १२ औँ बिटी कपको उपाधी संगम फुटवल क्लवले हात पारेको छ । शनिवार सम्पन्न फाइनल खेलमा संगम एफसीले फुटवल क्वललाई १–० ले पराजित गरि दोश्रो बिरेन स्मृती १२ औ बिटी कपको उपाधी हात पारेको हो ।

खेलको दोश्रो हाफको पाँचौ मिनेटमा संगमका जर्सी नम्बर ३ का खेलाडी विमल बस्नेतले गरेको गोल नै निर्णायक हुन पुग्यो ।
उपाधी सँगै संगमले १ लाख २१ हजार १ सय ११ नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात पार्न सफल भयो भने उपविजेता तारा फुटवल क्लवले नगद ७० हजार १ सय ११ नगद , ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।

खेलमा संगमका बिमल बस्नेत म्यान अफ द म्याच समेत भए । उत्कृष्ट खेलाडीको उपाधी संगमकै देव प्रसाद गुरुङले हात पारे भने उत्कृष्ट मिड फिल्डरको उपाधी पनि संगमका टंक प्रसाद गुरुङले हात पारे । खेल अवधिभर ७ गोल गरि तारा फुटवल क्लवका शुसिल लामा सर्वाधिक गोलकर्ता बने ।

उत्कृष्ट गोलरक्षक संगमका हित कार्की बन्न सफल भए ।उत्कृष्ट डिफेन्सको उपाधी पनि संगमका अन्जन देवकोटाले हात पारे । फेयर प्लेको उपाधी विष्णुपादुका फुटवल क्लवले प्राप्त ग¥यो ।

विजेताहरुलाई प्रदेशसभा सदस्य दिपक कोईराला, बुद्धटोल युवा क्लवका अध्यक्ष बिजया गुरुङ, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, स्व. बिरेन गुरुङका बुवा पदम बहादुर गुरुङ, राष्ट्रिय माविका प्रध्यानाध्यापक वेद प्रसाद बस्तीले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?