नयाँ आईजीपी दाबेदारहरूको दौड, अवकाश हुन तीन दिन बाँकी

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २६, २०७४
|
|
३१ पटक हेरिएको
Shares
नयाँ आईजीपी दाबेदारहरूको दौड, अवकाश हुन तीन दिन बाँकी

सारांश

  • नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा संगठन प्रमुखको अनिर्वाय अवकाश हुन तीन दिन मात्रै बाँकी रहँदा दुवै संगठनमा नयाँ संगठन प्रमुख को हुने भन्ने चर्चाले बजार तताएको छ।
  • सरकारले दुवै संगठनको आईजीपी नियुक्त गर्ने दिन नजिकिँदै गर्दा आईजीपीका दाबेदारहरूले संगठनमा निभाएको भूमिकालाई मूल्याङ्कनको आधार बनाएको छ।
  • सशस्त्र प्रहरी बलमा आईजीपीको दाबेदारका रूपमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल एक्लो प्रतिस्पर्धीका रूपमा देखिनुभएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा संगठन प्रमुखको अनिर्वाय अवकाश हुन तीन दिन मात्रै बाँकी रहँदा दुवै संगठनमा नयाँ संगठन प्रमुख को हुने भन्ने चर्चाले बजार तताएको छ।

सरकारले दुवै संगठनको आईजीपी नियुक्त गर्ने दिन नजिकिँदै गर्दा आईजीपीका दाबेदारहरूले संगठनमा निभाएको भूमिकालाई मूल्याङ्कनको आधार बनाएको छ।

सशस्त्र प्रहरी बलमा आईजीपीको दाबेदारका रूपमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल एक्लो प्रतिस्पर्धीका रूपमा देखिनुभएको छ।

खनालको ब्याचबाट उहाँ एक्लै एआईजी बन्नुभएको थियो भने उहाँका सहयात्री ३ जना ११ महिनापछि मात्रै एआईजीमा बढुवा हुनुभएको थियो। कार्य सम्पादन मूल्याङ्कन र संगठन हाँक्न सक्ने क्षमता र वरिष्ठताको आधारमा खनाल एक नम्बरमा रहनुभएको छ। नेपाल प्रहरीमा यसअघि वरीयता मिचिए पनि सशस्त्र प्रहरी बलमा भने अहिलेसम्म वरिष्ठतालाई बेवास्ता गरिएको छैन।

सशस्त्र प्रहरी बल अर्धसैनिक प्रकृतिको संगठन भएकाले पनि सरकारले सो संगठनलाई विवादमुक्त बनाउने काम गर्दै आएको छ। आजको नेपाल समाचारपत्रमा खबर छ ।

(https://yellowtail.tech)

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Rabindra Singh

    congratz

    Comment Author

    Khadka Prs Nyaupane

    राज्यका भार

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?