माओवादी “जनसत्ता”मा समलिङ्गी मुद्दाको रोचक प्रसङ्गको खुलासा

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १५, २०७४
|
|
४५ पटक हेरिएको
Shares
माओवादी “जनसत्ता”मा समलिङ्गी मुद्दाको रोचक प्रसङ्गको खुलासा

सारांश

  • श्यामकुमार बुढा “चिन्तन” रोल्पाको दक्षिणी भेगमै खट्दा बुढागाउँ एउटा नमूना थियो र आज पनि छ ।
  • त्यहाँका कार्यकर्ताको समर्पण भाव र जनताको हार्दिकतापूर्ण सहयोगले नै दुश्मनको दशवर्षे युद्धको मध्यकालीन दमनलाई चिर्न सकियो ।
  • राम्रो भित्र नराम्रोको अंश हुनु र नराम्रोको थुप्रोभित्र राम्रोको अंश हुनु पनि प्रकृतिको द्वन्द्वात्मक नियम नै रहेछ ।

श्यामकुमार बुढा “चिन्तन”

रोल्पाको दक्षिणी भेगमै खट्दा बुढागाउँ एउटा नमूना थियो र आज पनि छ । त्यहाँका कार्यकर्ताको समर्पण भाव र जनताको हार्दिकतापूर्ण सहयोगले नै दुश्मनको दशवर्षे युद्धको मध्यकालीन दमनलाई चिर्न सकियो । राम्रो भित्र नराम्रोको अंश हुनु र नराम्रोको थुप्रोभित्र राम्रोको अंश हुनु पनि प्रकृतिको द्वन्द्वात्मक नियम नै रहेछ । नराम्रो राम्रोमा रुपान्तरण हुने र राम्रो नराम्रोमा रुपान्तरण हुनसक्ने कुरा पनि संघर्षबाट विकासको आधारभूत नियम नै रहेछ । यस्तै कुराको गुत्थी बनेर मेरो कालमा बुढागाउँमा समलिङ्गी मुद्दा आइलाग्यो ।

म एरियाको इन्चार्ज थिएँ । एरीया कमिटीका साथीहरु दुईवटी महिला बहिनीको बारेमा चिन्ता व्यक्त गर्नुहुन्थ्यो । “यी दुईवटीको उठबस राम्रो छै्रन” भन्ने टिप्पणी आइरहन्थ्यो । मैले भने, “विपरीत लिङ्गी भए पो बिग्रेलान् भन्ने डर । समलिङ्गीको बीचमा के होला र ?” यस्तै भनेर साथीहरुका कुरालाई टारिदिन्थें । त्यो मुद्दा त्यसबेला गम्भीर लाग्यो जतिबेला चिठ्ठीमा एउटीले “श्रीमान्” अर्कीले “श्रीमती” भनेर सम्बोधन गरेको भेटियो । मलाई साह्रै अचम्म लाग्यो । घरमा बुझ्न पठाइयो । एउटीको घरमा “तपाईको बुहारी ल्याएको छु” भनेको पाइयो । त्यसपछि विवाहको कुरा चलाइयो । त्यसपछि उनीहरुले “विवाह नै नगरे के हुन्छ र ?” हामीले त विवाह गरिसक्यौं” जस्ता उत्तर आए । उठबससँगै छुट्टिन गाह्रो मान्ने भएपछि शंका निवारणको लागि उनीहरुलाई एरिया कार्यालयमा बोलाइयो ।

यी दुईवटीमध्ये एउटीबाट मैले पनि र साथीहरुले पनि धेरै आशा गर्नुभएको थियो । अर्की भने मुस्किलले कामसम्म लाग्ने ठानिएको थियो लडाइँ र पार्टी जीवनका लागि । अहिलेसम्मको परिणामले पनि त्यही त्यही सावित गरेको छ ।

एरिया कार्यालयमा एरिया सेक्रेटरी र म बसेर करिब २ घण्टा छलफल ग¥यौं । अनि बैनीहरुसँग सोधपुछ शुरु भयो । प्रारम्भमा ….. मात्र गरे । टार्न खोजे । तर प्रश्नहरु झनपछि झन तथ्यसँग जोड्दै जाँदा डेढ घण्टापछि आपूmहरु समलिङ्गी भएको स्वीकार गरे । बैनीहरुको स्वीकारोक्तिपछि मनभित्र झन पीडानुभूति भयो । धेरै आशा गरेकोबाट यस्तो भयो भन्ने झैं भयो । तत्काल उनीहरुलाई निलम्बन गरेर जिल्ला कार्यालयमा रिपोर्ट गरियो । यस्तो मुद्दा सम्भवतः हाम्रो आन्दोलनकै प्रथम थियो । पछि कारवाहीको ठोस भयो । सम्पूर्ण जिम्मेवारी छोडेर जनसेनामा अथवा त्यसबेलाको छापामार दलमा एउटीलाई र अर्कीलाई मिलिसियामा खटाइयो ।

“बीउ गुणाको फल, संगत गुणाको बुद्धि” भन्ने हाम्री मावली हजुर आमाको उखान टुक्का मेरो मनभित्र नाँचिरह्यो । संगतको प्रभावले किशोर उमेरलाई अति नै प्रभावित पार्दो रहेछ ।

केही समयपछि विदेशी भाइचारा संगठनबाट आएका साथीहरुसँग भेट भयो । समलिङ्गीलाई कारवाही गरेको विषयमा मसँग दह्रो छलफल भयो । मानवाधिकार र स्वतन्त्रताको कुरा पनि भयो । पश्चिमा देशहरुमा अनेक विवाह हुने कुरा पनि थाहा पाइयो । सरकारले समलिङ्गी विवाहलाई मान्यता दिएको पनि थाहा पाइयो । जीवनमा पहिलोचोटी “कोर्ट म्यारिज”, “पिस म्यारिज” जस्ता केके हो केके विवाह पद्धतिको व्याख्या पनि सुनियो । २ वर्षको लागि विवाह गर्ने त्यो बीचमा बच्चा भएमा दुबैले पाल्ने तर दुई वर्षपछि सम्बन्ध स्वतः विच्छेद भएर अरुसँग विवाह गर्न पाउने विवाहको कुरा भने अनौठो लाग्यो । अनौंठो लागेर के गर्नु ? धर्तीको कुनै ठाउँमा त्यसै भइरहेछ । हाम्रो ठाउँमा यस्तै परम्परा छ भनेर प्रतिवाद गरियो तर दुनियाँ बुझ्ने मामिलामा अत्याधुनिक संसारबाट भने टाढा भएझैं लाग्यो ।
वर्तमानका हाम्रा निर्णयहरु यो समाज विशेषअनुसार सही भएपनि सुदूर भविष्यको क्षितिजबाट हेर्दा अपूर्ण र पुरानो लाग्यो । तैपनि हाम्रो नियतमा खराबी थिएन । अप्राकृतिक संसारबाट प्राकृतिक दुनियाँमा फर्काएर विज्ञानसम्मत काम गरेकोमा भने गर्व लाग्यो ।

(लेखक श्यामकुमार बुढा “चिन्तन” तत्कालीन जनमुक्ति सेनाको ब्रिगेड कमाण्डर हुन् । माओवादी जनयुद्धको शुरुवाती चरणदेखि नै पार्टी, संगठन र जनमुक्ति सेना सबैतिर काम गरेका उनी शान्तिवार्ता शुरु भएपछि जनमुक्ति सेना छोडेर संगठनको काममा फर्किएका थिए ।)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेह्रथुममा आगलागी,किशोरीको मृत्यु
तेह्रथुममा आगलागी,किशोरीको मृत्यु
वाइडबडीमा शेरबहादुर देउवा कि जितेन्द्रदेव भ्रष्टाचारी – महेश बस्नेत
वाइडबडीमा शेरबहादुर देउवा कि जितेन्द्रदेव भ्रष्टाचारी – महेश बस्नेत
Four die as aircraft and helicopter crash in mid-air near Waddesdon
Four die as aircraft and helicopter crash in mid-air near Waddesdon
कोरोनाभाइरसको ‘उच्च अवस्था’सँग जुझ्न अमेरिका सक्षम रहेको ट्रम्पको दाबी
कोरोनाभाइरसको ‘उच्च अवस्था’सँग जुझ्न अमेरिका सक्षम रहेको ट्रम्पको दाबी
संसदमा अब राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतको चुनावै चुनाव
संसदमा अब राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतको चुनावै चुनाव
प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझाव : बाँस्कोटालाई राजीनामा दिन लगाउनुहोस
प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझाव : बाँस्कोटालाई राजीनामा दिन लगाउनुहोस
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधारः भोलि स्वदेश फर्कने
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधारः भोलि स्वदेश फर्कने
केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी अख्तियारकाे फन्दामा
केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी अख्तियारकाे फन्दामा
बिमस्टेक सम्मेलनमा उपत्यकाको सडकमा तीन दिन जोर-बिजोर प्रणाली
बिमस्टेक सम्मेलनमा उपत्यकाको सडकमा तीन दिन जोर-बिजोर प्रणाली
भक्तपुरमा बस दुर्घटना, नौ जना घाइते
भक्तपुरमा बस दुर्घटना, नौ जना घाइते