ओलीको सचिवालयमा हेरफेर

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २६, २०७४
|
|
६४ पटक हेरिएको
Shares
ओलीको सचिवालयमा हेरफेर

सारांश

  • काठमाडौं ।
  •  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा हेरफेर भएको छ।
  • पार्टीका केन्द्रीय सदस्य देवराज घिमिरेलाई पार्टी केन्द्रीय कार्यालयमा अध्यक्षको निजी सचिवालयको जिम्मेवारी तोकिएको छ ।

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा हेरफेर भएको छ। पार्टीका केन्द्रीय सदस्य देवराज घिमिरेलाई पार्टी केन्द्रीय कार्यालयमा अध्यक्षको निजी सचिवालयको जिम्मेवारी तोकिएको छ । घिमिरेलाई राजनैतिक प्रकृतिका कामहरु व्यवस्थित गर्ने जिम्मेवारी तोकिएको छ । झापा विर्तामोडका घिमिरे राष्ट्रिय सभाका पूर्व सदस्य हुन् ।

प्रमुख स्वकीय सचिवको जिम्मेवारी राजेश बज्राचार्यलाई दिइएको छ। काठमाडौं कीर्तिपुरका बज्राचार्य एक दशकअघि देखि ओलीको स्वकीय सचिवको रुपमा कार्यरत छन् ।

अनिश दाहाललाई संसदीय फाँट र विकास निर्माणका काम हेर्ने गरी स्वकीय सचिवको जिम्मेवारी दिइएको छ । अनेरास्ववियुको राजनीतिसँगै नेकपा एमाले झापा-काठमाडौं सम्पर्क मञ्चको जिम्मेवारी बहन गरिसकेका दाहाल विगत एक वर्षदेखि सचिवालयमै रहेका छन् ।

अध्यक्ष ओलीले सञ्चार क्षेत्रसँग समन्वय गर्न चेतन अधिकारीलाई प्रेस संयोजकको जिम्मेवारी दिएका छन् । डेढ दशकदेखि मूलधारको पत्रकारिता गर्दै आएका अधिकारी ओली प्रधानमन्त्री रहँदा वरिष्ठ सञ्चार विज्ञ (प्रेस संयोजक)का रुपमा कार्यरत थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निलम्बित डिएसपी कुमोद ढुंगाना बेपत्ता, अख्तियार र पुलिस हेडक्वाटरमा खैलाबैला
निलम्बित डिएसपी कुमोद ढुंगाना बेपत्ता, अख्तियार र पुलिस हेडक्वाटरमा खैलाबैला
उपनिर्वाचन २०७६ : राप्रपा संयुक्त र आमूल परिवर्तन पार्टीको उम्मेदवारी खारेज
उपनिर्वाचन २०७६ : राप्रपा संयुक्त र आमूल परिवर्तन पार्टीको उम्मेदवारी खारेज
बैशाख २१ गते आइतबारको राशिफल यस्तो छ
बैशाख २१ गते आइतबारको राशिफल यस्तो छ
साताको ६ दिन कुवेत–काठमाडौं सिधा उडान शुरु !
साताको ६ दिन कुवेत–काठमाडौं सिधा उडान शुरु !
सवारी साधनको जाँच पास निजीलाई दिने तयारी
सवारी साधनको जाँच पास निजीलाई दिने तयारी
एकपछि अर्को विधेयक विवादमा परेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अगाडि बढाउन सुझाव
एकपछि अर्को विधेयक विवादमा परेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अगाडि बढाउन सुझाव
६ महिनाको सम्झौताः दुई वर्षसम्म काम अधुरै !
६ महिनाको सम्झौताः दुई वर्षसम्म काम अधुरै !
नेपालको पत्रको आयो भारतको ‘रेस्पोन्स’, सीमा विवाद सुल्झाउन तयार
नेपालको पत्रको आयो भारतको ‘रेस्पोन्स’, सीमा विवाद सुल्झाउन तयार
बिक्रम र प्रकाशले लोकल ब्वाइलरको कुरा गर्दा सुसिलाको यस्तो हंगामा (हेर्नुस लाइभ भिडियो )
बिक्रम र प्रकाशले लोकल ब्वाइलरको कुरा गर्दा सुसिलाको यस्तो हंगामा (हेर्नुस लाइभ भिडियो )
राष्ट्रियसभामा क-कस्को जित्ने सम्भावना (गणितसहित)
राष्ट्रियसभामा क-कस्को जित्ने सम्भावना (गणितसहित)