चार घर आगलागी हुँदा लाखौँको क्षति

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
चार घर आगलागी हुँदा लाखौँको क्षति

सारांश

  • खोटाङ, २६ चैत , आगलागी हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेमा चार घर जलेर नष्ट भएको छ ।
  • स्थानीयवासी पदमराज राईको घरबाट सल्किएको आगोले आइतबार छिमेकी अकिलराज राई, अगमराज राई र गमराज राईको घर तथा गोठ जलेर नष्ट भएको हो ।
  • आगलागीमा पदमराजको रु २४ लाख ३० हजार, अकिलराजको रु २५ लाख ७९ हजार, अगमराजको रु २४ लाख ५१ हजार, गमराजको रु २२ लाख ९६ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

खोटाङ, २६ चैत , आगलागी हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेमा चार घर जलेर नष्ट भएको छ ।

स्थानीयवासी पदमराज राईको घरबाट सल्किएको आगोले आइतबार छिमेकी अकिलराज राई, अगमराज राई र गमराज राईको घर तथा गोठ जलेर नष्ट भएको हो ।

आगलागीमा पदमराजको रु २४ लाख ३० हजार, अकिलराजको रु २५ लाख ७९ हजार, अगमराजको रु २४ लाख ५१ हजार, गमराजको रु २२ लाख ९६ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै, गोठ जल्दा गमराजको तीन बंगुर, ११ बाख्रा र आठ पाठा, अकिलराजको एउटा बाख्रा र नौ पाठा, पदमराजको दुई वटा बंगुर र चार वटा बाख्रा र अगमराजको दुईवटा बंगुर जलेर मरेको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।

आगलागीबाट बिचल्लीमा परेका पीडितलाई आइतबार राति नै पाल, चामल, नूनतेल, तरकारी, चिउरा, चाउचाउलगायत प्रदान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताउनुभयो । यसअघि हलेसी बजारमा भएको आगलागीमा १३ घर क्षति भएको थियो ।

सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित जुरेथुम्का सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । शनिबार बिहानदेखि शुरु भएको डढेलो नियन्त्रण बाहिर गएको हो ।

डढेलो क्रमशः खनालबेँसी, ढकाल बेँसी र राईगाउँ हुँदै वनपालातर्फ फैलिएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताउनुभयो । जिल्लाकै दोस्रो ठूलो सामुदायिक वनको पूर्वी जुरेथुम्काबाट शुरु भएको भीषण डढेलो क्रमशः पश्चिम जुरेथुम्कातर्फ फैलिँदै गएको छ ।

डढेलो निभाउने क्रममा स्थानीयवासी विप्लव राई घाइते भएका छन् । डढेलोमा परेर अनुहार पिल्सिएका राईलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको छ ।

पचास हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा लागेको डढेलोको धुवाँ टाढाटाढाबाट समेत देखिएको छ । शनिबार दिनभर २०० जना स्थानीयवासी भेला भएर निभाउने प्रयास गर्दा पनि डढेलो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले बताएका छन् ।

जंगल सकिएपछि मात्र डढेलो आफँै नियन्त्रणमा आउने अवस्था देखिएको छ । सुक्खा मौसम भएकाले आगो नियन्त्रणमा लिन कठिनाइ भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनमा बढीभन्दा बढी मतदाता सहभागी गराउन जोड
निर्वाचनमा बढीभन्दा बढी मतदाता सहभागी गराउन जोड
एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ : उपाध्यक्ष पौडेल
एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ : उपाध्यक्ष पौडेल
विकास र समृद्धिका लागि भ्रष्टाचार मुख्य वाधक : मुख्यमन्त्री शाही
विकास र समृद्धिका लागि भ्रष्टाचार मुख्य वाधक : मुख्यमन्त्री शाही
कौशीमा कसरी तरकारी खेती गर्ने ? यी हुन् जान्नु पर्ने १० तरिका
कौशीमा कसरी तरकारी खेती गर्ने ? यी हुन् जान्नु पर्ने १० तरिका
रास्वपालाई धैर्यता राख्न माओवादी केन्द्रको आग्रह
रास्वपालाई धैर्यता राख्न माओवादी केन्द्रको आग्रह
सत्यता सहकारीको स्थापना दिवसमा विद्यालय र पत्रकार मञ्चलाई सहयोग
सत्यता सहकारीको स्थापना दिवसमा विद्यालय र पत्रकार मञ्चलाई सहयोग
लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा
लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा
मन्त्री गोकर्ण विष्टको निर्देशन टेरेनन् कर्मचारी, अब के हुन्छ ?
फोनिजको छैठौं महाधिवेशनबाट को को चुनिए ?
फोनिजको छैठौं महाधिवेशनबाट को को चुनिए ?
१ सय ३० तोला सुन सहित सुमन कुमारलाई प्रहरीद्वारा पक्राउ
१ सय ३० तोला सुन सहित सुमन कुमारलाई प्रहरीद्वारा पक्राउ

तपाईंले छुटाउनुभयो कि?