नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २७, २०७४
|
१४
|
१८ पटक हेरिएको
Shares
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

सारांश

  • काठमाडौं, २७ चैत ।
  • नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई ।
  • सरकारले नेपाल प्रहरीको प्रमुख अर्थात प्रहरी महानिरीक्षकमा डिआइजी सर्वेन्द्र खनाललाई नियुक्तिको लागि सिफारिस गरेको छ ।

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर्थात प्रहरी महानिरीक्षकमा डिआइजी सर्वेन्द्र खनाललाई नियुक्तिको लागि सिफारिस गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खनाललाई नेपाल प्रहरीको आइजीपी नियुक्तिको लागि सिफारिस गर्ने निर्णय गरेको हो । २०४६ सालमा इन्सपेक्टरबाट प्रहरी सेवा प्रवेश गरेका खनालले नेपाल प्रहरीको सर्वोच्च पदमा आसिन हुने अवसर प्राप्त गरेका छन् ।

कार्यक्षमता, कार्यसम्पादन मूल्याङ्कन अनि वरिष्ठताक्रमको आधारमा नम्बर १ मा रहेका खनाललाई सरकारले महानिरीक्षक बनाएको हो । प्रहरी सेवामा प्रवेश गरेपछि उनले गरेका कामहरुले उनले यसअघि नै धेरै लोकप्रियता कमाइसकेका छन् ।

प्रहरी सेवामा खनालका दर्जनौं कामहरुका श्रृंखलाहरुले उनलाई सफलताको उचाइतर्फ डोर्याएका हुन् । मधेस अन्दोलनका क्रममा धनुषामा आन्दोलनकारीले सबै सरकारी कार्यालय नियन्त्रणमा लिएपछि सरकारले स्थितिलाई मध्यनजर गरी खनाललाई नै खटाएको थियो । जनआन्दोलनमा काठमाडौंको प्रमुख हुँदा उनले निभाएको भूमिकाकै कारण पनि उनी प्रहरीको नेतृत्व सम्हाल्न सक्षम छन् भन्ने पनि देखिएको हो ।

खनालले मोस्ट वान्टेड सूचीमा रहेका गुन्डानाइके कुमार श्रेष्ठ “घैंटे”को इन्काउन्टर गरेका थिए । अपराध महाशाखामा आएपछि घैंटेमाथि गरिएको इन्काउन्टर उनको पहिलो ठूलो सफलता थियो । घैंटेको इन्काउन्टरपछि काठमाडौंमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न निकै सजिलो भएको थियो । उनको यो कामलाई स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले निकै सराहना गरेका थिए । अपराध महाशाखामा हुँदा लागूऔषध र अपहरण काण्डका अभियुक्त जेलबाट भागेका रावणजीत तामाङलाई गोली हानेर खनालले नै पक्राउ गरेका थिए ।

म्याच फिक्सिङ गरेर देशको इज्जत फाल्दै पैसा कमाउने धन्दामा संलग्नहरुमाथि गरिएको अप्रेशन उनको अर्को ठूलो सफलता थियो । म्याच फिक्सिङ गर्नेको धन्दालाई ध्वस्त पारेपछि नेपाली फुटबलको इतिहासमा नयाँ आयाम थपिएको थियो । त्यसपछि भएको खेलमा २३ वर्षपछि नेपालले अन्तर्राष्ट्रिय खेल जितेको ििथयो । खेलको सौदाबाजी गर्ने राष्ट्रिय फुटबल टिमका कप्तान सागर विकास क्षेत्री, सन्दीप राई, रितेश थापा र अन्जन क्षेत्रीलाई खनालको टिमले कानुनको कठघरामा उभ्याएको थियो ।

महाभूकम्पको समयमा नाकाबन्दीको फाइदा उठाई कालोबजारी र ठगी गर्नेहरुको संरक्षक बनेका सरकारका सहसचिव रामआधार साह पनि खनालकै जालोमा परेका थिए । लामो समयदेखि पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकहरुले तेलको मात्रा कम गरी बेच्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाइस, गियर, स्वीच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि खनालले हतकडी लगाउन सफल भएका थिए ।

सञ्चार उद्यमी जमिम साहको हत्याको प्रसङ्ग झण्डै सेलाएको थियो । तर, खनालकै अगुवाईमा जमिम साह हत्याका मुख्य आरोपीलाई गरियो । जमिम हत्याकाण्डका आरोपित जगदीश चन्दलाई नियन्त्रणमा लिए । उनले जमिम साह हत्याकाण्डको रहस्यको पर्दा पनि उघारेरै छाडे ।

ललितपुरको बडिखेलमा १२ वर्ष पहिला एउटै परिवारका ५ जनाको विभत्स ढंगबाट भएको हत्याकाण्डको पर्दा पनि खनालले नै खोलेका थिए । २०६० सालमा एउटै परिवारका ५ जनाको ज्यान लिने चन्द्रबहादुर पहरीलाई खनालकै टोलीले पक्राउ गरेर देखायो । अवैध धन्दा गर्ने कन्सलटेन्सीहरु पनि उनकै फन्दामा परेका थिए ।

विभिन्न प्रलोभन देखाएर सर्वसाधारण जनताको करोडौं रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाइफ इन्टरनेशनल लिमिटेडका सञ्चालनक विष्णुबहादुर क्षेत्री र कृष्णबहादुर क्षेत्री पनि खनालको फन्दामा परेका थिए । अनेकन प्रलोभन देखाएर यी दुई दाजुभाइले ठगीको सन्जाल नै चलाएका थिए । खनालले संवेदनशील र चुनौतिपूर्ण जिल्लाहरुको सफलतापूर्वक कमाण्ड गरेका थिए । उनले जनकपुर, पर्सालगायतका तराईका जिल्लामा बस्दा गुण्डागर्दी, तस्करी नियन्त्रण गर्दा धेरैपटक आफ्नो ज्यानको बाजी समेत लगाउनु पर्यो ।

उनले आफ्नो जिम्मेवारीबाट भाग्ने प्रहरी संगठनका डिएसपीको घटुवा समेत गरेका थिए । कुख्यात भारतीय अन्डर वल्र्ड नाइके बब्लु दुबेलाई पक्राउ गरेपछि उनी भारतको तर्फबाट समेत पुरस्कृत भएका थिए । तराई जनतान्त्रिक मुक्तिमोर्चा धनुषा–महोत्तरी प्रमुख सुधीर पाण्डे, राजन मुक्ति प्लटुन कमाण्डर, ज्वाला समूहका धनुषा, महोत्तरी, सर्लाही इन्चार्ज मरिक यादव, वीरगन्जमा उत्पात मच्चाउने गुण्डानाइके सुनिल जैसवाललाई पनि खनालले कारवाहीको भागिदार बनाउन सफल भएका थिए ।

ट्राफिक प्रहरी महाशाखामा कार्यरत खनालले पशुपति, ठमेल र असन क्षेत्रमा चारपांग्र्रे सवारी निषेध गराएर ब्यवस्थित बनाएका थिए । सार्वजनिक माइक्रो चालक र सहचालकलाई पोशाक लगाउने नियम बसालेका खनालकै पहलमा १० वर्षदेखि बिग्रिएका ट्राफिक बत्तीको मर्मत गरी बल्न थालेका छन् । त्यसबाहेक उनले गरेका अन्य कामहरु पनि सराहनीय र उल्लेखनीय रहेका छन् ।

प्रतिक्रिया

14 कमेन्ट

    Comment Author

    Bk Khanal

    Badhai xa dai

    Comment Author

    Nandlal Chataut

    Congratulation ?

    Comment Author

    Keshav Joshi

    प्रमाेशन हुनु भयकाेमा हार्दिक मंगलमय शूभकामना ,साथै बधाई ।

    Comment Author

    Khim Sulayne

    Badaixa

    Comment Author

    Indra Adhikari

    Congratulations

    Comment Author

    Shreeram Dahit

    बधाई तथा शुभकामना छ !

    Comment Author

    Laxman Gurung

    Jasle pani samhaliyo bhani bhrastachaar ma number 1 ho nepal prahari…

    Comment Author

    भबिन्द्र के सी

    Congratulation

    Comment Author

    Pradip Regami

    jaya Nepal sar suvakamna

    Comment Author

    Gunaraj Khatiwada

    derai derai suvakamana sar

    Comment Author

    Binod Kadel

    Congratulation….your works deserve it….all the best…

    Comment Author

    Damber Ranabhat

    sir jaynepal congratulations hjur

    Comment Author

    Dipak Thapa

    Congratulations sir

    Comment Author

    Laxman Khanal

    Congratulations

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 14
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?