पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ८, २०७६
|
|
३७ पटक हेरिएको
Shares
पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु

सारांश

  • घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन पाल्पाको निस्दी गाउँपालिकाले पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता अभियानलाई तीव्रता दिएको छ ।
  • नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप पाल्पाका निस्दी गाउँपालिकामा पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता गर्न टोल अभियान शुरु गरेको हो ।
  • निस्दी गाउँपालिका–४ स्थित मित्याल स्वास्थ्य चौकीले गाउँपालिकामा नै पहिलो पटक पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु गरेको छ ।

घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन पाल्पाको निस्दी गाउँपालिकाले पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता अभियानलाई तीव्रता दिएको छ ।

नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप पाल्पाका निस्दी गाउँपालिकामा पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता गर्न टोल अभियान शुरु गरेको हो ।

निस्दी गाउँपालिका–४ स्थित मित्याल स्वास्थ्य चौकीले गाउँपालिकामा नै पहिलो पटक पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु गरेको छ । विसं २०७३ देखि हालसम्म निस्दी–४ को मौलाथर वा साबिक मित्याल गाविस–५ को मौलाथरमा शत्प्रतिशत संस्थागत सुत्केरी भइसकेकाले मौलाथर टोलबाट अभियान शुरु गरिएको मित्याल स्वास्थ्य चौकीका प्रमुख पुरबहादुर सारुले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष रीताकुमारी अर्यालले गाउँपालिकामा सुनिश्चितता नै गर्नु आवश्यक रहेको बताउँदै टोेलमा मात्र नभई वडा हुँदै सिङ्गो गाउँपालिकालाई घोषणा गर्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य संयोजक रेमबहादुर दिशाले अन्य गाउँपालिकामा पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेको हुनाले यस गाउँपालिकामा पनि छिटोभन्दा छिटो पूर्ण संस्थागत सुत्केरी घोषणा गर्न जोड दिइएको बताउनुभयो । पूर्ण संस्थागत सुत्केरी घोषणाका लागि ९५ प्रतिशतभन्दा बढी संस्थागत सुत्केरी र ९५ प्रतिशतभन्दा बढी गर्भवती परीक्षण हुनुपर्नेछ ।

पाल्पाका पूर्वखोला र बगनासकाली गाउँपालिका पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका छन् भने अन्य स्थानीय तहले पनि सुत्केरी घोषणा गर्ने तयारीमा जुटेका छन् ।

प्रवासी नेपालीको सहयोग
रामपुर नगरपालिका–७ का भगवती पाठकको परिवारलाई प्रवासी नेपालीबाट सहयोग प्राप्त भएको छ । शारीरिक रुपमा अशक्त रहेका पाठक परिवारका तीन सदस्यको उपचार तथा लालनपालनका लागि प्रवासी नेपालीबाट रु दुई लाख एक हजार बराबरको रकम सहयोग प्राप्त भएको हो ।

वैदेशिक रोजगारका निम्ति युएईमा कार्यरत नेपालीबाट सङ्कलित रु दुई लाख एक हजार रकम रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आइतबार पाठक परिवारलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा नगरप्रमुख थापाले विदेशमा रहेर पनि दुःखमा रहेको पाठक परिवारका लागि गरेको सहयोगको धन्यवाद दिँदै औषधि उपचार तथा लालनपालनमा खर्च गर्न अनुरोध गर्नुभयो ।

युएईस्थित कालीगण्डकी बहुउद्देश्यीय सेवा समाजका अध्यक्ष भुपराज खनालले आफ्नो व्यक्तिगत तर्फबाट पठाउनु भएको रु २३ हजार रकम उहाँका बुबा लोकनाथ खनालले पाठक परिवारलाई हस्तान्तरण गर्नुभएको छ ।

भगवती पाठकका श्रीमान् पन्ध्र वर्षदेखि दुवै आँखा नदेख्ने, ३५ वर्षका जेठो छोरो दुई तला माथिबाट खसेर दुई वर्षदेखि अपाङ्ता भएर बस्नुपर्ने र २९ वर्षका माइला छोरा जन्मेदेखि नै पूर्ण रुपमा शारीरिक अशक्त छन् ।

उहाँले तीनजना अपाङ्ता परिवारको सदस्यको एक्लै हेरचाह, लालनपालन गर्दै आउनुभएको छ । उहाँको परिवारको अवस्था देखेर औषधि उपचार तथा लालनपालनमा सहज होस् भनी थोरै भए पनि वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकबाट रकम उठाएर सहयोग गरेको केशव रेग्मीले बताउनुभयो ।

सो रकम रेग्मी र लक्ष्मण ढकालको नेतृत्वमा सङ्कलित गरी पाठक परिवारमा पठाइएको हो । आफूले पाएको दुःखपीडालाई मलम लगाउन देश तथा विदेशमा रहेका नेपाली नागरिकले गरेको सहयोगप्रति भगवती पाठकले धन्यवाद दिनुभयो । सो रकम श्रीमान् र दुई छोराको उपचार, लालनपालनमा खर्च गर्ने पनि उहाँले बताउनुभयो ।

यसैगरी पाठक परिवारलाई रामपुर नगरपालिकाका प्रमुख थापाले यसभन्दा अघि नै एक महिनाको आफ्नो तलब र अन्य रकम गरेर रु ५५ हजार रकम सहयोग गरिसक्नुभएको छ । त्यस्तै पाठक परिवारलाई ‘वी लभ पिपुल’ नामक संस्थामार्फत रु ३० हजार, नारायणघाटमा बसोबास गर्ने दुई व्यक्तिबाट रु दश हजार, जन्मदिनको फजुल खर्च कटाएर एक व्यक्तिबाट रु छ हजार, कोरियामा कार्यरत पाठकका आफन्तबाट रु २६ हजार रकम सहयोग जुटेको पाठक परिवारले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दमननाथ ढुंगाना विरुद्ध महेश बस्नेतको दोब्बर मतको अग्रता
दमननाथ ढुंगाना विरुद्ध महेश बस्नेतको दोब्बर मतको अग्रता
ओलीले प्रचण्डसँग संवाद नगर्ने, कठोर कदमको तयारी
ओलीले प्रचण्डसँग संवाद नगर्ने, कठोर कदमको तयारी
मधेसमा मधेसीकै रगत बगाएर राजनैतिक फाइदा उठाउने लाई इतिहासले माफ गर्ने छैन:अनिता
मधेसमा मधेसीकै रगत बगाएर राजनैतिक फाइदा उठाउने लाई इतिहासले माफ गर्ने छैन:अनिता
भ्रमणले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढः सभामुख महरा
भ्रमणले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढः सभामुख महरा
गणतन्त्रका ११ बर्ष : ब्यवस्था र अवस्थामा तालमेल मिलेन
गणतन्त्रका ११ बर्ष : ब्यवस्था र अवस्थामा तालमेल मिलेन
बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस उम्मेदवार निर्वाचित
बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस उम्मेदवार निर्वाचित
रामचन्द्र पौडेललाई निकै पछाडि छोडे किसान श्रेष्ठले
रामचन्द्र पौडेललाई निकै पछाडि छोडे किसान श्रेष्ठले
काठमाडौंको विभिन्न ठाउँबाट चोरी गर्ने ५० बढी पक्राउ
काठमाडौंको विभिन्न ठाउँबाट चोरी गर्ने ५० बढी पक्राउ
मोटरसाइकल चढेका दुईजनाको करेन्ट लागेर मृत्यु, एक घाइते
मोटरसाइकल चढेका दुईजनाको करेन्ट लागेर मृत्यु, एक घाइते
लुकाई ल्याएको सुनसहित गोरखाका सारु पक्राउ