किन दोलखा जाँदै छन प्रधानमन्त्री ?
सारांश
- काठमाडौं, २८ चैत ।
- प्रधानमन्त्री केपी ओली आज माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्न दोलखा जाने भएका छन् ।
- भारतीय कम्पनीको ढिलासुस्तीका कारण निर्माण कार्य सुस्त भएको गुनासो बढेपछि ओली निरीक्षणमा जान लागेका हुन् ।
काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी ओली आज माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्न दोलखा जाने भएका छन् । भारतीय कम्पनीको ढिलासुस्तीका कारण निर्माण कार्य सुस्त भएको गुनासो बढेपछि ओली निरीक्षणमा जान लागेका हुन् ।
हाइड्रोमेकानिकल सामान आयात र जडान गर्ने जिम्मा लिएको भारतीय कम्पनी टेक्सम्याकाले काममा गरेको ढिलाइका कारण आयोजना समयमै पूरा नहुने र लागत बढ्ने देखिएपछि प्रधानमन्त्री आफैंले निरीक्षण गर्न लागेको प्रधानमन्त्रीको निजी सचिवालय जनाएको छ । प्रधानमन्त्रीसँगै उर्जामन्त्री वर्षमान पुन, चिनियाँ राजदूत यू होङलगायत स्थलगत अध्ययनका लागि जान लागेका हुन् ।
दोलखाको लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङको ब्रेक थ्रु भइसकेको छ । आयोजनाबाट आगामी असारदेखि ७६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइए पनि निर्माण कम्पनीका कारण ढिलाइ हुँदै गएको छ ।
प्रतिक्रिया