अवैध डलर बारे आनी छोइङको यस्तो खण्डन

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १८, २०७६
|
|
१९ पटक हेरिएको
Shares
अवैध डलर बारे आनी छोइङको यस्तो खण्डन

सारांश

  • गायिका आनी छोइङ डोल्माले सम्पत्ति शुद्घीकरण गर्न खोजेको भन्ने आरोपबारे मुख खोलेकी छन्।
  • उनले प्रेस विज्ञप्ति जारी गरी आफूले सन् १९९८ मा स्थापना गरेको नन्स वेलफेयर फाउन्डेसन (भिक्षुणी सेवा संघ) र आरोग्य फाउन्डेसनले विदेशमा दाताबाट प्राप्त दानदक्षिणा र कन्सर्टमा आर्जन गरेको रकम बैंकमा रोकिएको बताएकी छन् ।
  • ‘विगतमा पनि रकम ट्रान्सफर भएर आउँदा भोगचलनमा बाधा भएन’,आनीले भनिन्, ‘बैंकले पनि बाहिरबाट रकम भित्र्याउँदा नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्छ भनेर कहिल्यै जानकारी दिएन ।

गायिका आनी छोइङ डोल्माले सम्पत्ति शुद्घीकरण गर्न खोजेको भन्ने आरोपबारे मुख खोलेकी छन्। उनले प्रेस विज्ञप्ति जारी गरी आफूले सन् १९९८ मा स्थापना गरेको नन्स वेलफेयर फाउन्डेसन (भिक्षुणी सेवा संघ) र आरोग्य फाउन्डेसनले विदेशमा दाताबाट प्राप्त दानदक्षिणा र कन्सर्टमा आर्जन गरेको रकम बैंकमा रोकिएको बताएकी छन् ।

‘विगतमा पनि रकम ट्रान्सफर भएर आउँदा भोगचलनमा बाधा भएन’,आनीले भनिन्, ‘बैंकले पनि बाहिरबाट रकम भित्र्याउँदा नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्छ भनेर कहिल्यै जानकारी दिएन ।’ आनीको मेगा बैंकको खातामा गत वर्ष वैशाखमा हङकङमा चिनियाँ मूलका व्यत्तिाmले ट्रान्सफर गरेको १६ लाख ४९ हजार डलर रोकिएको छ। आनीले भने यसअघि पनि एक लाख–दुई लाख डलर

बैंकबाट भित्र्याउने गरेको र भोगचलनमा कुनै समस्या नआएको बताएकी छन्। आफूले कारोबार गरिरहेको बैंकले यसरी रकम ल्याउन पहिले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनु भनेर आफूलाई कहिल्यै सचेत नगराएको भनेर उनले गुनासो पोखेकी छन्। ‘मैले वैधानिक रूपमा कमाएको, दानदक्षिणा पाएको रकम भएकाले पारदर्शी भएर बैंकमार्फत् ल्याएकी हुँ’ उनले भनिन्,

‘यस्तो कानुनबारे मैले कारोबार गर्ने गरेको बैंकले जानकारी गराएको भए यो अड्चन र आरोप भोग्नुपर्ने थिएन कि !’ राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सम्पत्तिा शुद्घीकरणको आशंकामा अनुसन्धान गरिरहेको छ। यो अनुसन्धान प्रारम्भिक चरणमा।

विज्ञप्तिमा उनले प्रारम्भिक अनुसन्धानकै क्रममा आफूमाथि गलतप्रचारप्रसार भई प्रतिष्ठामा आघात पुगेका ेप्रतिदुःख व्यक्त गरेकी छन्। वित्ताीय जानकारी इकाइले सम्पत्तिा शुद्घीकरणको आशंकामाभन्दै पैसा रोकेको भए पनि आशंका अनुसारका प्रमाण जुटाउन सकेको छैन। आफूले नेपाल राष्ट्र बैंक र सम्पत्तिा शुद्घीकरण अनुसन्धान

विभागमा प्राप्त गरेको रकमको स्रोतबारे जानकारी गराइसकेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्र बैंक र सम्पत्तिा शुद्घीकरण अनुसन्धान विभागबाट हुने अनुसन्धानमा आफूले सबै सहयोग गरेको र उत्ताm अनुसन्धान चाँडै निष्कर्षमा पुग्ने विश्वास रहेको आनीको भनाइ छ । अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?