भारतीय युवा नेता कन्हैया कुमार पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १६, २०७६
|
|
३३ पटक हेरिएको
Shares
भारतीय युवा नेता कन्हैया कुमार पक्राउ

सारांश

  • नयाँदिल्ली।
  • भारतका वामपन्थी नेता तथा जेएनयूका पूर्वअध्यक्ष कन्हैया कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।
  • बिहीबार कन्हैयालाई प्रहरीले चम्परणस्थित हिरासतमा राखेको छ ।

नयाँदिल्ली।भारतका वामपन्थी नेता तथा जेएनयूका पूर्वअध्यक्ष कन्हैया कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार कन्हैयालाई प्रहरीले चम्परणस्थित हिरासतमा राखेको छ । आफ्ना समर्थकहरुका साथ गान्धी स्मारक संग्रहालय गइरहँदा उनलाई प्रहरीले पक्राउ गरेको बिबिसीले जनाएको छ ।
कन्हैयाले भने ट्वीटर मार्फत यसबारे जानकारी दिएका छन् । उनले यसअघि भारतको नागरिकता संशोधन कानुनको विरोध गर्दैआएका थिए ।

जेएनयूमा छँदा उनीमाथि देशद्रोहको मुद्दा समेत लगाइएको थियो । हिरासतमा लगिएपछि कन्हैयाले भनेका छन्, ‘अब त देशमा र्याली गर्न पनि अनुमति लिनुपर्छ । जसरी सरकारले विना जानकारी हिजो राति क्यान्सिल गरिदियो । अब स्वास लिन पनि अनुमति लिनुपर्ला । प्रहरीले भनिरहेको छ कि, हामीले हिरासतमा लियौँ भनेर । हामीसँग चाहिँ नागरिकता सावित गर्ने कागज मागिएको थियो । प्रहरी भने मलाई हिरासतमा राख्ने कागज देखाउन तयार छैन ।’

कन्हैया भारतको विवादित नागरिकता कानुनको विरोध गर्दै एक महिने विरोध यात्रा गर्ने तयारीमा थिए । उक्त यात्रामा ५० वटा आमसभा गर्ने तालिका थियो । तर भाषणवाजको रुपमा चिनिएका युवा नेता कन्हैया कुमारलाई उक्त विरोध यात्रा गर्नुअघि नै प्रहरीले पक्राउ गरेको हो । कन्हैया कुमारले राजनीतिमा निष्ठा र इमानको पक्षमा वकालत गर्दैआएका छन् । पछिल्लो चुनावमा बिहारबाट पराजय भोगेका उनी एक प्रभावशाली वक्ताको रुपमा चिनिन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ ल्याइयो ज्यान गुमाएका ६ जनाको शव
काठमाडौँ ल्याइयो ज्यान गुमाएका ६ जनाको शव
सुन धरौटी राखेर खनेको सडकमा गाडी गुड्यो
सुन धरौटी राखेर खनेको सडकमा गाडी गुड्यो
बोलिभियामा सेनाको असफल ‘कू’ प्रयासः केही घण्टामै सैन्य अधिकारी प्रहरी नियन्त्रणमा
बोलिभियामा सेनाको असफल ‘कू’ प्रयासः केही घण्टामै सैन्य अधिकारी प्रहरी नियन्त्रणमा
कांग्रेसले राप्रपासँग तालमेल गर्नु दुर्भाग्य -कृष्णप्रसाद सिटौला
कांग्रेसले राप्रपासँग तालमेल गर्नु दुर्भाग्य -कृष्णप्रसाद सिटौला
पहाडी सडक खुलेपछि खाद्यन्न ढुवानी
पहाडी सडक खुलेपछि खाद्यन्न ढुवानी
पत्रपत्रिका : कांग्रेसको झगडा नेविसंघमा, मेलमिलाप दिवस छुटट्टाछुट्टै
पत्रपत्रिका : कांग्रेसको झगडा नेविसंघमा, मेलमिलाप दिवस छुटट्टाछुट्टै
निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टका छोराकाे राज खुल्याे
निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टका छोराकाे राज खुल्याे
सय दिनमा सांस्कृतिक संस्थानमा नसोचेको परिवर्तन हुन्छः महाप्रबन्धक राई
सय दिनमा सांस्कृतिक संस्थानमा नसोचेको परिवर्तन हुन्छः महाप्रबन्धक राई
दुई खेल हारेको दक्षिण अफ्रिकालाई अर्को ठूलो झड्का, डेल स्टेन विश्वकपबाट बाहिरिए
दुई खेल हारेको दक्षिण अफ्रिकालाई अर्को ठूलो झड्का, डेल स्टेन विश्वकपबाट बाहिरिए
आज ३७ सय ४९ कोरोना संक्रमित थप
आज ३७ सय ४९ कोरोना संक्रमित थप

तपाईंले छुटाउनुभयो कि?