अबको शिक्षा ७० प्रतिशत प्राविधिक, ३० प्रतिशत साधारण : अध्यक्ष प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २९, २०७४
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • चितवन, २९ चैत ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाम गठबन्धनको सरकारले अब ७० प्रतिशत प्राविधिक शिक्षा सञ्चालन गर्ने गरी नीति ल्याउने तयारी गरेको बताएका छन् ।
  • चितवनको गुञ्जनगर माविको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समृद्धिको पहिलो काम शिक्षाबाट सुरु गरिने उल्लेख गरे ।

चितवन, २९ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाम गठबन्धनको सरकारले अब ७० प्रतिशत प्राविधिक शिक्षा सञ्चालन गर्ने गरी नीति ल्याउने तयारी गरेको बताएका छन् । चितवनको गुञ्जनगर माविको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समृद्धिको पहिलो काम शिक्षाबाट सुरु गरिने उल्लेख गरे ।

“हाम्रो शिक्षा नीतिमा, प्राविधिकता, आफै रोजगारी सृष्टि गर्ने कुरा अत्यन्त कम ध्यान दिइएको छ, घोषणापत्रमा के भनेका छौँ भने अब यो स्थितिलाई बदल्नु पर्छ”, उनले भने, “अब कम्तीमा पनि ७० प्रतिशत प्राविधिक र व्यवसायिक शिक्षा र ३० प्रतिशत जनरल एजुकेशन भयो भने देशभरि उद्योगधन्दा, व्यवसाय, रोजगारी सृष्टि गर्न सकिन्छ । पहिलो काम शिक्षाबाट सुरु गर्न सकिन्छ ।”

जनताको घरमा बेरोजगारी र विदेशमा गएर दुःख पाउने सन्त्रासमा बाँँच्ने शिक्षा नभई आम जनताको घरघरमा खुसी ल्याउने शिक्षा हुनुपर्ने अध्यक्ष प्रचण्डको भनाई थियो । “हाम्रा छोराछोरीले पढिसकेपछि तुरुन्तै व्यवसाय गरेर देशभित्रै समृद्धि ल्याउने शिक्षा नीति चाहियो । अहिले हामी शिक्षा मन्त्रालयमा र राजनीतिक दलसँग यही विषयमा कुरा गर्दैछौँ”, उनले भने ।

अध्यक्ष प्रचण्डले कम्तीमा २० प्रतिशत लगानी शिक्षामा हुनुपर्ने भएपनि अहिलेसम्म हुन नसकेकोले अब शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याए । “शिक्षामा लगानी नबढाइकन देशको विकास र समृद्धिको कुरा गर्नु व्यर्थको कुरा हुन्छ”, उनले भने ।

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बढाउनका लागि शिक्षकहरूलाई आवश्यक पर्ने न्यूनतम सुविधा दिनुपर्ने तर राम्रो काम नगर्नेलाई कडाईका साथ कार्वाही गर्ने नीति राज्यले अवलम्बन गर्नुपर्ने उनको भनाई छ ।

“शिक्षकहरूलाई आफ्नो भरणपोण, परिवारको व्यवस्थापन गर्न मिल्न सक्ने जति सुविधा दिनुपर्छ । उनीहरूको इज्जत गर्नुपर्छ”, उनले भने, “राम्रो काम नगर्ने शिक्षकलाई कडा दण्डित गर्ने र कार्वाही गर्ने प्रक्रिया पनि राज्यले अगाडि बढाउनुपर्छ । अनिमात्र सामुदायिक विद्यालयमा नयाँ उत्साह आउने छ भन्ने विषयमा हामी छलफल गर्दै छौँ ।”

अध्यक्ष प्रचण्डले अगाडि भने, “बिस्तारै सामुदायिक विद्यालयमा पढ्नु भनेको गौरव, पठाउनु भनेको पनि इज्जत र प्रतिष्ठाको कुरा हुने र निजी विद्यालयमा पढाउनु भनेको फजुल खर्च जस्तो हुने बनाउनुपर्छ । अनिमात्र समाजले सामाजिक न्याय शैलीले अग्रगति लिन सक्छ । हामीले कसैलाई कारवाही गरेर दण्डित गरेर हैन, यस्तो परिवेश बनाउनुप¥यो ।”

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    उज्जोल ओली

    good thiniking camre

    Comment Author

    उज्जोल ओली

    good thining comred

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?