बार्सिलोना स्पेनिस ला लिगा उपाधि नजिक

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २, २०७५
|
|
२० पटक हेरिएको
Shares
बार्सिलोना स्पेनिस ला लिगा उपाधि नजिक

सारांश

  • एजेन्सी, २ वैशाख ।
  • बार्सिलोना स्पेनिस ला लिगा उपाधि नजिक पुगेको छ ।
  • शीर्ष स्थानको बार्सिलोनाले शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई २–१ ले पराजित गरेको हो।

एजेन्सी, २ वैशाख । बार्सिलोना स्पेनिस ला लिगा उपाधि नजिक पुगेको छ । शीर्ष स्थानको बार्सिलोनाले शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई २–१ ले पराजित गरेको हो।

बार्सिलोनालाई जित दिलाउन लुइस स्वारेज र स्यामुएल उमटिटीले समान एक–एक गोल गरे । भ्यालेन्सियाका डानी परेजोले एक गोल फर्काए । यो जितसँगै बार्सिलोनाले ला लिगा फुटबलमा अपराजित यात्रामा नयाँ कीर्तिमान बनाएको छ । बार्सिलोनाले एकै सिजन ३९ खेलमा पराजित रहँदै रियल सोसिडाडले कीर्तिमान भंग गरेको हो ।

अब बार्सिलोनालाई उपाधि जित्न मात्र सात अंकको खाँचो रहेको छ । बार्सिलोनाले ३२ खेलबाट २ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा १४ अंकले अघि छ । एथ्लेटिकोको ६ अंक छ । पराजित भ्यालेन्सिया ६५ अंक जोडेर लिगको तेस्रो स्थानमा छ । स्पेनिस ला लिगामा जितको कीर्तिमान कायम गरे पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न असफल भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?