यी निणय गर्दै सकियो एमाले स्थायी कमिटिको बैठक
सारांश
- काठमाडौँ ।
- प्रमुख सत्तारुढ दल नेकपा एमालेको स्थायी समितिको बैठक सम्पन्न भएको छ ।
- बैठक पार्टी एकता र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।
काठमाडौँ । प्रमुख सत्तारुढ दल नेकपा एमालेको स्थायी समितिको बैठक सम्पन्न भएको छ । बैठक पार्टी एकता र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।
एमालेले प्रस्तावित वैशाख ९ गते नै पार्टी एकता गर्नेगरी माओवादी केन्द्रसँग अधिकतम समझदारी निर्माण पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
‘बैठकले एकतालाई पछि घकेल्ने अवस्था आउन दिन नहुने निर्णय गरेको छ ।’ नेता सुवास नेम्वाङले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल, पार्टी उपाध्यक्षद्वय वामदेव गौतम र भीम रावल, नेता सुवास नेम्वाङ, महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत सहभागी थिए ।
दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकीकरण सम्बन्धमा आजै बिहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा आपसी छलफल भएको थियो ।
Arjun Prasad Poudel
बार्ता सार्थक बनोस् ।
Lalbahadur Budha
Good
Gobinda Neupane
बिदेशी डलर अनि भारु मा नैतिकता लिलामी गरेको जंगली हरुले यो उखाने बुढाको पार्टी लाई पनि अब चाहिँ ध्वस्त पार्ने पक्का भो।त्यो पनि ठिकै छ , अब के गर्नु यहि यौटा उखानटुक्के बुढाहरुले चाहिँ साच्चै देश र जनताको हितमा केही काम गरिहाल्छ कि भनेको नेपाल र नेपाली हरुको अस्तित्व समाप्त पार्ने बाचा गरेर नैतिकता लिलामिमा बेचेर आएको जंगली ले जसरी पनि फसाएर ध्वस्त पारेर छोड्ने भो।