उपप्रमुखले कानुन नजान्दा मुद्दा घाँडो बन्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ५, २०७५
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • न कानुनको जानकार, न त कानुनी सल्लाहकार ।
  • स्थानीय सरकारको न्यायिक समितिको जिम्मा पाएका स्थानीय तहका उपप्रमुखलाई समितिमा आउने मुद्दा किनारा लगाउन निकै असहज छ ।
  • यही अज्ञानताकै कारण गरिने निर्णय उनीहरु आफ्नै लागि घाँडो बन्न थालेका छन् ।

न कानुनको जानकार, न त कानुनी सल्लाहकार । स्थानीय सरकारको न्यायिक समितिको जिम्मा पाएका स्थानीय तहका उपप्रमुखलाई समितिमा आउने मुद्दा किनारा लगाउन निकै असहज छ ।

यही अज्ञानताकै कारण गरिने निर्णय उनीहरु आफ्नै लागि घाँडो बन्न थालेका छन् । जिल्लाको गढवा गाउँपालिकाले अहिले उच्च अदालतमा तारेख खेपिरहेको छ ।

न्यायिक समितिले गरेको निर्णयका कारण अहिलेसम्म उच्च अदालतमा तीनवटा तारेख बनिसकेको, गाउँपालिका अध्यक्ष सहजराम अहिर भन्छन् हेरौँ फैसला के हुन्छ ?

गाउँपालिकाका एक व्यक्तिले आफ्नी आमाका नाममा रहेको जमिन पाउनुपर्ने भन्दै नामसारीका लागि सम्बन्धित वडा कार्यालयमा निवेदन दिए । वडा अध्यक्षले नामसारीका लागि सिफारिस गर्ने ईच्छा नदेखाएपछि उनी गाउँपालिका अध्यक्षकहाँ पुगे ।

अध्यक्षले पनि वडाको जिम्मेवारी काम आफ्नो काँधमा लिन चाहेनन् । अध्ययनले सिफारिस दिन नमिल्ने भनेपछि यो मुद्दा गाउँपालिकाको न्यायिक समितिमा पेस भयो । समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीले घटनाबारे बुझिनन् ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?