देउवाको कार्यशैली र गिरोहवादबाट पार्टी चल्न सक्दैन : केसी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ६, २०७५
|
|
३१ पटक हेरिएको
Shares
देउवाको कार्यशैली र गिरोहवादबाट पार्टी चल्न सक्दैन : केसी

सारांश

  • वैशाख ६, काठमाण्डौ ।
  • नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले आफूहरु पार्टी सभापति शेरबहादुर देउवालाई कमजोर बनाउन नभै पार्टीलाई बलियो बनाउन प्रयासरत रहेको बताएका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै नेता केसीले पार्टीभित्र देखिएका नीतिगत र नेतृत्वगत कमजोरी हटाउनका लागि आफूहरु सक्रिय रहेको बताए ।

वैशाख ६, काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले आफूहरु पार्टी सभापति शेरबहादुर देउवालाई कमजोर बनाउन नभै पार्टीलाई बलियो बनाउन प्रयासरत रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै नेता केसीले पार्टीभित्र देखिएका नीतिगत र नेतृत्वगत कमजोरी हटाउनका लागि आफूहरु सक्रिय रहेको बताए ।

“विधिविहिनता र अपारदर्शी कार्यशैलीलाई सुधारेर जानुपर्छ । सभापति देउवाले सुधार्न चाहनुहुन्छ कि चाहनुहुन्न भन्ने कुरा केन्द्रिय समितिको बैठकबाट थाहा हुन्छ । अहिले नै म कसैको पक्ष विपक्षमा छैन ।” केसीले भने ।

अहिलेको कार्यशैलीबाट पार्टी नचल्ने भएकाले पार्टीभित्र सुधारको विकल्प नभएको उनको तर्क छ । पार्टी सुधारका लागि सभापति देउवा तयार भए आफू उनकै पक्षमा उभिने र वरिष्ठ नेता रामचन्दै पौडेलले सुधारका लागि दरो खुट्टा टेकेर अगाडि बढेको खण्डमा उनैलाई सहयोग गर्ने केसीले बताए ।

देउवाको अहिलेको कार्यशैली र गिरोहवादबाट पार्टी नचल्ने केसीको ठहर छ । सभापति देउवाले गिरोहवादको शैली परिवर्तन गरेर समयसापेक्ष कार्यकर्ताको मागअनुसार पार्टीलाई सुधार गर्नुपर्ने केसीको भनाई छ ।

अघिल्लो महाधिवेशनमा सभापतिमा चुनाव लड्दा देउवाले प्रस्तुत गरेका प्रतिवद्धता मन परेर उनकै समुहबाट चुनाव लडे पनि उक्त प्रतिवद्धता पूरा नभएको केसीको दाबी छ ।

देउवासँग मिलेर पार्टीलाई सुधार गर्न सकिने विश्वास आफूले गरेको भए पनि देउवाले त्यसो नगरेकाले अब नयाँ तरिकाले सुधारको अभियानमा लाग्नुपर्ने बेला आएको उनको भनाई छ ।

चुनावअघि नै सम्पूर्ण पदाधिकारीको नियुक्तिको आवश्यकता रहे पनि देउवाले नगरेको तर अहिले भने पदाधिकारीको आवश्यकता नरहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छाेरा नपाएकाे निँहुमा अाफ्नै लिंग काट्ने यी व्यक्ति !
छाेरा नपाएकाे निँहुमा अाफ्नै लिंग काट्ने यी व्यक्ति !
३ दिनमै गोरो हुन मन छ ? अप्नाउनुहोस् यी उपाय
३ दिनमै गोरो हुन मन छ ? अप्नाउनुहोस् यी उपाय
काठमाडौंमा नेपाल र बंगलादेशबिचको मैत्रीपूर्ण फुटबल हुने
काठमाडौंमा नेपाल र बंगलादेशबिचको मैत्रीपूर्ण फुटबल हुने
उपकुलपति प्राडा कोइराला प्रकरणमा सरकारको आयो यस्तो प्रतिक्रिया
उपकुलपति प्राडा कोइराला प्रकरणमा सरकारको आयो यस्तो प्रतिक्रिया
ठमेलको दिगो विकासका लागि व्यवसायी र घरधनी मिलेर अगाडि बढ्ने
ठमेलको दिगो विकासका लागि व्यवसायी र घरधनी मिलेर अगाडि बढ्ने
चिनका गाइका कारण चितवनमा विराेध
धेरैजसो डिजिटल ब्लड प्रेसर मेसिनले गलत रिडिङ दिइरहेको, परीक्षण गर्दा ७० प्रतिशत नमुना फेल
धेरैजसो डिजिटल ब्लड प्रेसर मेसिनले गलत रिडिङ दिइरहेको, परीक्षण गर्दा ७० प्रतिशत नमुना फेल
आखिर हामी आत्मनिर्भर कहिले बन्ने ? खोलो आउँदा पनि गेट खोल्दे भन्नै पर्ने ?
आखिर हामी आत्मनिर्भर कहिले बन्ने ? खोलो आउँदा पनि गेट खोल्दे भन्नै पर्ने ?
एमाले र कांग्रेसको मत बराबर भएको झापाको कमल गाउँपालिकामा गोलाप्रथा गरियो, आयो यस्तो परिणाम !
एमाले र कांग्रेसको मत बराबर भएको झापाको कमल गाउँपालिकामा गोलाप्रथा गरियो, आयो यस्तो परिणाम !
घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक
घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक

तपाईंले छुटाउनुभयो कि?