एमाले र कांग्रेसको मत बराबर भएको झापाको कमल गाउँपालिकामा गोलाप्रथा गरियो, आयो यस्तो परिणाम !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
एमाले र कांग्रेसको मत बराबर भएको झापाको कमल गाउँपालिकामा गोलाप्रथा गरियो, आयो यस्तो परिणाम !

सारांश

  • झापा ।
  • झापाको कमल गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका अध्यक्षका उम्मेद्वारको बराबर मत आएपछि गरिएको गोला पर्था चिठा एमालेकी मेनका काफ्लेलाई परेको छ ।
  • गाउँपालिकाका अध्यक्षको उम्मेद्वारलाई नै बराबर मत आएपछि गोला पर्थाबाट परिणाम निकाल्ने प्रक्रिया भएको थियो ।

झापा । झापाको कमल गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका अध्यक्षका उम्मेद्वारको बराबर मत आएपछि गरिएको गोला पर्था चिठा एमालेकी मेनका काफ्लेलाई परेको छ ।

गाउँपालिकाका अध्यक्षको उम्मेद्वारलाई नै बराबर मत आएपछि गोला पर्थाबाट परिणाम निकाल्ने प्रक्रिया भएको थियो । मंगलबार सकिएको सो गाउँपालिकाको मतगणनामा  एमालेबाट अध्यक्षकी उम्मेद्वार मेनका काफ्ले र कांग्रेसका उम्मेद्वार हुकुमसिंह राईको बराबरी मत आएको थियो ।

उनीहरु दुवै जनाले ८२७५ मत प्राप्त गरेका थिए । दुवै उम्मेद्वारले बराबर मत पाएपछि निर्वाचन अधिकृतले स्थानीय निर्वाचन ऐनको दफा ५३ मा भएको व्यवस्था अनुसार गोला प्रथा गरेका थिए । त्यस्तै सोही गाउँपालिका उपाध्यक्षमा भने एमालेकी बेणु शिवाकोटी बिजयी भइसकेकी छन्  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?