आर्य फर्माका ५ विरुद्ध लागू औषध कारोबारको मुद्दा दायर…

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ३, २०७३
|
|
२७३ पटक हेरिएको
Shares
आर्य फर्माका ५ विरुद्ध लागू औषध कारोबारको मुद्दा दायर…

सारांश

  • काठमाडौं– लागूऔषध कारोबारमा तानिएको औषधि कम्पनी आर्य फर्माका पक्राउ व्यक्तिमाथि मुद्दा चलाइएको छ ।
  • लागू औषध नियन्त्रण ब्युरोले आज जिल्ला अदालत काठमाडौंमा पक्राउ चार जना विरुद्ध मुद्दा चलाएको हो ।
  • उनीहरुलाई लागू औषध कारोबार अन्तर्गत मुद्दा चलाइएको छ ।

काठमाडौं– लागूऔषध कारोबारमा तानिएको औषधि कम्पनी आर्य फर्माका पक्राउ व्यक्तिमाथि मुद्दा चलाइएको छ । लागू औषध नियन्त्रण ब्युरोले आज जिल्ला अदालत काठमाडौंमा पक्राउ चार जना विरुद्ध मुद्दा चलाएको हो । उनीहरुलाई लागू औषध कारोबार अन्तर्गत मुद्दा चलाइएको छ । ब्युरोले संगठित अपराधको समेत मुद्दा चलाउने तयारी गरेपनि सरकारी वकिलले लागू औषध कारोबारको मात्रै चलाएको बताइएको छ ।

बाराको गढिमाई–७ जितपुरमा रहेको आर्य फर्मा ल्याब प्राइभेट लिमिटेडले लागुऔषधको लागि आवश्यक सिउडोइफेड्रिन नामक रसायन लागू औषध कारोबारीलाई बिक्री गरेको खुलेको थियो ।

ब्युरोले रतनलाल संघाई लगायत दीलिप पण्डित, श्याम तामाङ मोक्तान, बद्री वन, मोहित हलनलाई पक्राउ गरेको थियो । आर्य फर्मा ल्याब सञ्चालक रतनलालका भाइ पवनकुमार संघाई र शंकर हलन भने फरार छन्।

विशेष सुराकीका आधारमा साउन १२ गते काठमाडौंको कमलपोखरीमा बस्ने आर्य फर्माका कर्मचारी भारतीय नागरिक दीलिप पण्डितलाई पक्राउ गरी सोधपुछ गर्दा फर्माको धन्दाबारे खुलेको हो। उनीसँगको सोधपुछपछि ललितपुरको औद्योगिक क्षेत्रमा रहेको संघाई प्लास्टिक उद्योगमा लुकाइराखेको ४ सय ७१ किलोग्राम सिउडोइफेड्रिन प्रहरीले फेला पारेको थियो।

आर्य फर्माले आयात गरेको सिउडोइफेड्रिनबाट लागुऔषध तयार गरी भारत, चीन, बर्मा लगायतका देशमा पठाउने गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ।

श्रोत::::

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?