दुई नं प्रदेशमा मधेशवादी गठबन्धनको सरकार बन्ने महतोको दाबी

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १८, २०७४
|
|
४५ पटक हेरिएको
Shares
दुई नं प्रदेशमा मधेशवादी गठबन्धनको सरकार बन्ने महतोको दाबी

सारांश

  • जनकपुरधाम, १८ मंसिर : राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य एवं धनुषा जिल्ला क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र महतोले दुई नम्बर प्रदेशमा मधेशवादी गठबन्धनको सरकार बन्ने दाबी गर्नुभएको छ ।
  •   जनकपुरधाम आज आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचनलाई मधेश आन्दोलनका उपलब्धिलाई निर्णायकसिद्ध गर्ने अवसरका रूपमा लिनुपर्ने खाँचो औँल्याउनुभयो ।
  • महतोले जनकपुरधामलाई मधेशको राजधानी बनाउने सन्दर्भमा कसैको पनि विमति नरहेको स्पष्ट गर्दे जनकपुरधामलाई मधेशको राजधानी बन्नबाट कुनै पनि शक्तिले रोक्न नसक्ने दृढता व्यक्त गर्नुभयो ।

जनकपुरधाम, १८ मंसिर : राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य एवं धनुषा जिल्ला क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र महतोले दुई नम्बर प्रदेशमा मधेशवादी गठबन्धनको सरकार बन्ने दाबी गर्नुभएको छ ।

जनकपुरधाम आज आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचनलाई मधेश आन्दोलनका उपलब्धिलाई निर्णायकसिद्ध गर्ने अवसरका रूपमा लिनुपर्ने खाँचो औँल्याउनुभयो ।

महतोले जनकपुरधामलाई मधेशको राजधानी बनाउने सन्दर्भमा कसैको पनि विमति नरहेको स्पष्ट गर्दे जनकपुरधामलाई मधेशको राजधानी बन्नबाट कुनै पनि शक्तिले रोक्न नसक्ने दृढता व्यक्त गर्नुभयो ।

जनकपुरधामलाई अपराधमुक्त बनाउनु जरुरी छ भन्दै उहाँले जनकपुर क्षेत्रमा विधिको शासनको प्रत्याभूति गराउन सम्बन्धित पक्ष गम्भीर हुनु आवश्यक रहेको धारणा राख्नुभयो ।

मतदानपछि जनताको सुरक्षा र रक्षाका लागि सम्बन्धित निकायको सजगतामा जोड दिँदै उहाँले ‘‘मतदातालाई डर र धम्की आइरहेकाले निर्भय र निर्धक्क भई मतदान गर्न वातावरण निर्माणको आवश्यकता छ’’ भन्नुभयो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रीमण्डल पुनर्गठनमा ओली र प्रचण्डको आ-आफ्नै अडान
मन्त्रीमण्डल पुनर्गठनमा ओली र प्रचण्डको आ-आफ्नै अडान
हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छः मुख्यमन्त्री पौडेल
हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छः मुख्यमन्त्री पौडेल
हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो
हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो
बर्दिबासमा ६ वर्षिया बालिकाको बलात्कारपछि हत्या प्रकरण : शव सहमति बिनै पोष्टमार्टमका लागि जनकपुर लगियो
बर्दिबासमा ६ वर्षिया बालिकाको बलात्कारपछि हत्या प्रकरण : शव सहमति बिनै पोष्टमार्टमका लागि जनकपुर लगियो
पर्वतमा पहिरोले पाँचवटा घर बगायाे, एककाे मृत्यु
पर्वतमा पहिरोले पाँचवटा घर बगायाे, एककाे मृत्यु
रुकुम पश्चिममा करिब साढे १३ हजार लाभग्राहीले पाए पहिलो किस्ता
रुकुम पश्चिममा करिब साढे १३ हजार लाभग्राहीले पाए पहिलो किस्ता
गोहीको आक्रमणबाट बच्न सफल बालक प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग
गोहीको आक्रमणबाट बच्न सफल बालक प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग
अमेरिकी सभामुख पेलोसीले कोरोना भाइरसलाई ‘ट्रम्प भाइरस’ भनेपछि‘
अमेरिकी सभामुख पेलोसीले कोरोना भाइरसलाई ‘ट्रम्प भाइरस’ भनेपछि‘
गठबन्धनप्रति ओलीको नयाँ नयाँ आक्षेप
गठबन्धनप्रति ओलीको नयाँ नयाँ आक्षेप
प्रत्यक्ष निर्वाचनतर्फको उम्मेदवारी दर्ता आज
प्रत्यक्ष निर्वाचनतर्फको उम्मेदवारी दर्ता आज