‘समानुपातिक टिकट दाइजो र बकस बनाइयो’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ११, २०७५
|
|
१७ पटक हेरिएको
Shares
‘समानुपातिक टिकट दाइजो र बकस बनाइयो’

सारांश

  • नेविसंघ अध्यक्षको कार्यशैली हुकुमी भएको भन्दै महामन्त्रीको धर्ना – कांग्रेस केन्द्रीय समितिको चुनावी समीक्षा बैठक अन्तिमतिर आइपुग्दा आरोप–प्रत्यारोप झन् चर्किएको छ ।
  • सोमबारको बैठकमा बोलेका ११ मध्ये अधिकांश नेताले पनि आफ्नो पक्षको बचाउ र अर्को पक्षको आलोचना गरे ।
  • मानबहादुर विश्वकर्माले हारको दोष सभापतिलाई मात्रै दिन नहुने बताउँदा चन्द्र भण्डारीले समानुपातिक टिकटलाई दाइजो र बकस बनाउँदा लज्जास्पद नतिजा आएको तर्क गरे ।

नेविसंघ अध्यक्षको कार्यशैली हुकुमी भएको भन्दै महामन्त्रीको धर्ना –

कांग्रेस केन्द्रीय समितिको चुनावी समीक्षा बैठक अन्तिमतिर आइपुग्दा आरोप–प्रत्यारोप झन् चर्किएको छ । सोमबारको बैठकमा बोलेका ११ मध्ये अधिकांश नेताले पनि आफ्नो पक्षको बचाउ र अर्को पक्षको आलोचना गरे ।

मानबहादुर विश्वकर्माले हारको दोष सभापतिलाई मात्रै दिन नहुने बताउँदा चन्द्र भण्डारीले समानुपातिक टिकटलाई दाइजो र बकस बनाउँदा लज्जास्पद नतिजा आएको तर्क गरे । अजयकुमार चौरसियाले पनि भण्डारीकै तर्कमा आफ्ना धारणा थपे । कमला पन्तले नेतृत्वको आलोचना गरिन् । उनले राम्रालाई भन्दा हाम्रालाई छानेर मैदानमा पठाउँदा कमजोर नतिजा आएको धारणा राखिन् । सुजाता परियारले समानुपातिकतर्फको नतिजा पेस गर्दै पार्टी कमजोर नभएको तर्क गरिन् । यसैबीच, नेविसंघका असन्तुष्ट पक्षले अध्यक्षको कार्यशैली हुकुमी भएको भन्दै केन्द्रीय कार्यालय सानेपामै धर्ना दिएका छन् ।

हारमा सभापति मात्र दोषी हुनुहुन्न : मानबहादुर विश्वकर्मा
निर्वाचनका वेला टिकट बाँड्ने समितिमा बस्न नेताहरूबीच हानाथाप नै भयो । पार्टीले सदस्य बढाएर भए पनि समिति बनाउनुपर्ने अवस्था आयो । वरिष्ठ नेतासहितले भागबन्डामा टिकट लानुभएको हो । तर, अहिले पार्टीले हार व्यहोरेपछि सभापतिको मात्र दोष छ भनेर हामी कोही पनि पन्छिन मिल्दैन ।

समानुपातिक टिकट दाइजो र बकस बनाइयो : चन्द्र भण्डारी
हामी स्थानीय तहदेखि प्रदेशसम्म सीमांकन गर्दा गम्भीर भएनौँ । सरकार आफ्नै भएका वेला सीमांकनसम्बन्धी आयोग हाम्रोविरुद्ध दुरुपयोग भयो । अर्कोतिर हामीले सही रूपमा उम्मेदारको छनोट गर्न सकेनौँ । भागबन्डा गर्‍यौँ । समानुपातिक टिकटलाई दाइजो र बकस बनाइयो । सरकार सरकारजस्तो भएन ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Suresh Adhikari

    Tyopani sendiketa ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?