दक्षिण कोरियामा पाइला टेक्ने किम जोन उन पहिलो उत्तर कोरियाली नेता- दुई कोरियाबीच गैरसैनिक क्षेत्रमा शिखर वार्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
३४ पटक हेरिएको
Shares
दक्षिण कोरियामा पाइला टेक्ने किम जोन उन पहिलो उत्तर कोरियाली नेता- दुई कोरियाबीच गैरसैनिक क्षेत्रमा शिखर वार्ता

सारांश

  • एक दशकभन्दा बढी समयपछि उत्तर र दक्षिण कोरियाली नेताहरूले दुई देशबीचको पहिलो शिखर बैठक शुरू गरेका छन्।
  • सन् १९५३ मा दुई कोरियाबीचको युद्ध अन्त्य भएयता दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम जङ-अन पहिलो उत्तर कोरियाली नेता बनेका छन्।
  • दुवै नेताहरूलाई एउटा परम्परागत कोरियाली सम्मान गारद दिइएको थियो र दुई देशको राष्ट्रियगान बजाइएको थियो।

एक दशकभन्दा बढी समयपछि उत्तर र दक्षिण कोरियाली नेताहरूले दुई देशबीचको पहिलो शिखर बैठक शुरू गरेका छन्।

सन् १९५३ मा दुई कोरियाबीचको युद्ध अन्त्य भएयता दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम जङ-अन पहिलो उत्तर कोरियाली नेता बनेका छन्।

दुवै नेताहरूलाई एउटा परम्परागत कोरियाली सम्मान गारद दिइएको थियो र दुई देशको राष्ट्रियगान बजाइएको थियो।

दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले दुई देशबीच शिखर बैठक शुरू हुनुअघि नाकामा स्थानीय समय अनुसार बिहान साढे ९ बजे किमलाई स्वागत गरेका थिए।

पाइला

सांकेतिक कदमहरूले भरिपूर्ण एउटा क्षण थियो जब किम र मूनले दुवै देशको गैरसैनिक क्षेत्रमा हात मिलाए।

दक्षिण कोरियाली राष्ट्रपति मूनले पनि उत्तर कोरियाली भूमिमा पाइला टेके, जुन अपेक्षा नगरिएको एउटा क्षण थियो।

समाचार संस्था एएफपीका अनुसार मूनले किमलाई भने, “तपाईँलाई भेट्न पाउँदा म खुशी छु।”

दुई नेताहरूले गैरसैनिक क्षेत्रमा औपचारिक वार्ता शुरू गर्दैछन्।

बैठक स्थलबाहिर कुरा गर्दै किमले खुलेर कुराकानी हुने आफ्नो आशा रहेको बताए।

उनीहरूबीचको ऐतिहासिक वार्ता पारमाणविक कार्यक्रम परित्याग गर्ने उत्तर कोरियाको पछिल्लो चाहनामा केन्द्रित हुनेछ।

विभाजित

तर किमको पछिल्ला कदमलाई लिएर विश्लेषकहरू विभाजित भएका छन्।

कतिपय विश्लेषकले उनको नियतमाथि प्रश्न गरिरहेका छन्।

दुई कोरियाली नेताबीच हुन लागेको वार्तालाई किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच जुन महिनाको शुरूतिर गरिने प्रस्तावित शिखर बैठकको आधारका रूपमा पनि हेरिँदैछ।

अनपेक्षित कदमका रूपमा हेरिएको उक्त शिखर बैठक भए बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतालाई भेटेको पहिलो घटना हुनेछ।

-बिबिसीबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?