‘ओली राष्ट्रवादी भन्ने ठूलो भ्रम पर्यो, माकेले अब हामी जनयुद्धको उत्तराधिकारी हो भन्न मिल्दैन: मोहन वैद्य
सारांश
- काठमाडौं, १४ वैशाख।
- नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले वर्तमान सरकार सामन्त र नोकरशाही वर्गको नयाँ रक्षकवच बनेको बताएका छन् ।
- शुक्रबार राजधानीमा क्रान्तिकारी युवा लिग आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै किरणले वर्तमान सरकारलाई वामपन्थीको सरकार भन्न नमिल्ने बताएका हुन् ।
काठमाडौं, १४ वैशाख। नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले वर्तमान सरकार सामन्त र नोकरशाही वर्गको नयाँ रक्षकवच बनेको बताएका छन् ।
शुक्रबार राजधानीमा क्रान्तिकारी युवा लिग आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै किरणले वर्तमान सरकारलाई वामपन्थीको सरकार भन्न नमिल्ने बताएका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली नक्कली राष्ट्रवादी भएको आरोप समेत लगाए । ‘ओली राष्ट्रवादी भन्ने ठूलो भ्रम पर्यो, चुनावमा जितेको पनि त्यही भ्रमका कारण हो,’ उनले भने ।
साथै उनले माओवादी जनयुद्धको उत्तराधिकारी नभएको जिकिर गरे । ‘माकेले अब हामी जनयुद्धको उत्तराधिकारी हो भन्न मिल्दैन,’ उनले भने, ‘साँचो अर्थमा महान जनयुद्धको उत्तराधिकारी त हामी हो ।’
अब नयाँ स्वरूपमा कि त जनयुद्ध कि त झापा विद्रोह दोहोरिने ठोकुवा गरे ।
Bibash Kaucha Magar
napis
Narayan Kandel
Yakata birodhi news
Durga Adhikari
Chitto miledekhi desa ma abasar badiharu ko tamasa janata le bujhne thiye . All the best.