‘ओली राष्ट्रवादी भन्ने ठूलो भ्रम पर्‍यो, माकेले अब हामी जनयुद्धको उत्तराधिकारी हो भन्न मिल्दैन: मोहन वैद्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
१८ पटक हेरिएको
Shares
‘ओली राष्ट्रवादी भन्ने ठूलो भ्रम पर्‍यो, माकेले अब हामी जनयुद्धको उत्तराधिकारी हो भन्न मिल्दैन: मोहन वैद्य

सारांश

  • काठमाडौं, १४ वैशाख।
  • नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले वर्तमान सरकार सामन्त र नोकरशाही वर्गको नयाँ रक्षकवच बनेको बताएका छन् ।
  • शुक्रबार राजधानीमा क्रान्तिकारी युवा लिग आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै किरणले वर्तमान सरकारलाई वामपन्थीको सरकार भन्न नमिल्ने बताएका हुन् ।

काठमाडौं, १४ वैशाख। नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले वर्तमान सरकार सामन्त र नोकरशाही वर्गको नयाँ रक्षकवच बनेको बताएका छन् ।

शुक्रबार राजधानीमा क्रान्तिकारी युवा लिग आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै किरणले वर्तमान सरकारलाई वामपन्थीको सरकार भन्न नमिल्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली नक्कली राष्ट्रवादी भएको आरोप समेत लगाए । ‘ओली राष्ट्रवादी भन्ने ठूलो भ्रम पर्‍यो, चुनावमा जितेको पनि त्यही भ्रमका कारण हो,’ उनले भने ।

साथै उनले माओवादी जनयुद्धको उत्तराधिकारी नभएको जिकिर गरे । ‘माकेले अब हामी जनयुद्धको उत्तराधिकारी हो भन्न मिल्दैन,’ उनले भने, ‘साँचो अर्थमा महान जनयुद्धको उत्तराधिकारी त हामी हो ।’
अब नयाँ स्वरूपमा कि त जनयुद्ध कि त झापा विद्रोह दोहोरिने ठोकुवा गरे ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Bibash Kaucha Magar

    napis

    Comment Author

    Narayan Kandel

    Yakata birodhi news

    Comment Author

    Durga Adhikari

    Chitto miledekhi desa ma abasar badiharu ko tamasa janata le bujhne thiye . All the best.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?