विवेकशील र साझा पार्टी एकीकृत हुँदै, ‘विवेकशील साझा पार्टी’ नाम प्रस्तावित

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ११, २०७४
|
|
४३ पटक हेरिएको
Shares
विवेकशील र साझा पार्टी एकीकृत हुँदै, ‘विवेकशील साझा पार्टी’ नाम प्रस्तावित

सारांश

  • काठमाडौँ  ।
  •  वैकल्पिक राजनीतिक शक्तिका रुपमा अभियान चलाइरहेका साझा पार्टी र विवेकशील नेपाली पार्टी आज एकीकृत हुँदैछन् ।
  • वैकल्पिक शक्तिका रुपमा स्थापित हुन संघर्ष गरिरहेका दुई दल सामूहिक नेतृत्वमा जानेगरी एकीकृत हुन लागेका हुन्।

काठमाडौँ  । वैकल्पिक राजनीतिक शक्तिका रुपमा अभियान चलाइरहेका साझा पार्टी र विवेकशील नेपाली पार्टी आज एकीकृत हुँदैछन् । वैकल्पिक शक्तिका रुपमा स्थापित हुन संघर्ष गरिरहेका दुई दल सामूहिक नेतृत्वमा जानेगरी एकीकृत हुन लागेका हुन्। नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डबाट दिउँसो १ः३० बजे एकीकरणको घोषणा हुँदैछ ।

रवीन्द्र मिश्र नेतृतमा रहेको साझा र उज्जवल थापा नेतृत्वको विवेकशील एकीकरणपछि पार्टी सञ्चालनका लागि केन्द्रीय संयोजन समिति बन्नेछ । मिश्र र थापाको सामूहिक नेतृत्वमा पार्टीको काम कारबाही अघि बढ्नेछन्। पार्टीको नाम विवेकशील साझा पार्टी प्रस्तावित छ ।

विवेकशील दोस्रो संविधान सभा निर्वाचनदेखि दलीय हैसियतमा राजनीतिमा छ। त्यसअघि सामाजिक अभियान चलाउने संस्थाका रुपमा परिचित थियो । भने, साझा पार्टी गत वर्षमात्र स्थापित भएको हो ।

पहिलो चरणको स्थानीय तह निर्वाचनमा उपत्यकामा दुवै दलले लोकप्रिय मत पाएका थिए । तर, दोस्रो चरणको निर्वाचनमा भने दुवै दल चर्चामा समेत आउन सकेनन् । काठमाडौँ र ललितपुर महानगरमा भने साझा र विवेकशीलका उम्मेद्वारले पपुलर मत पाएका थिए । पहिलो चरणको चुनावी परिणामसँगै वैकल्पिक शक्तिका रुपमा अएका दुवै दललाई एकीकृत हुन जनस्तरबाट सुझाव समेत थियो ।

स्थानीय तह निर्वाचनअघि पारित राजनीतिक दलसम्वन्धी ऐनले राष्ट्रिय दलको मान्यता पाउनका लागि समानुपातिक तर्फ सदर मतको ३ प्रतिशत र प्रत्यक्षमा एक सिट अनिवार्य गरेपछि दलबीचमा एकीकरणले तीव्रता ल्याएको छ । हाल सदनमा विचाराधीन प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयकले पनि राजनीतिक दलसम्वन्धी विधेयकको प्रावधानलाई नै थ्रेसहोल्ड मानेको छ । यस्तै प्रदेश सभा सदस्य निर्वाचनमा पनि डेढ प्रतिशत थ्रेसहोल्ड प्रस्तावित छ । थ्रेसहोल्डको व्यवस्थाका कारण पनि साना दलहरु धमाधम एकीकरण अभियानमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिसँग चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताको शिष्टाचार भेट
राष्ट्रपतिसँग चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताको शिष्टाचार भेट
गोरखा-१ मा रास्वपाका सुधन गुरुङको सुरुआती अग्रता
गोरखा-१ मा रास्वपाका सुधन गुरुङको सुरुआती अग्रता
सीता–राम विवाहका जन्तीलाई मोदीले बिदाइ गर्ने र जनकपुरधाममा नेपालका प्रधानमन्त्रीले स्वागत गर्ने !
सीता–राम विवाहका जन्तीलाई मोदीले बिदाइ गर्ने र जनकपुरधाममा नेपालका प्रधानमन्त्रीले स्वागत गर्ने !
आजबाट मनसुनी गतिविधि थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध
आजबाट मनसुनी गतिविधि थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध
प्रचण्डलाई भेटेर वर्षमानले भने,‘प्रधानमन्त्रिले यस्तैगरि पेल्दै जाने हो भने हामी काम गर्न सक्दैनौं,
प्रचण्डलाई भेटेर वर्षमानले भने,‘प्रधानमन्त्रिले यस्तैगरि पेल्दै जाने हो भने हामी काम गर्न सक्दैनौं,
श्रीलंकाको गृहयुद्धमा वेपत्ता २० हजार मृत घोषित
श्रीलंकाको गृहयुद्धमा वेपत्ता २० हजार मृत घोषित
र्इटहरीमा भिषण अागलागी
र्इटहरीमा भिषण अागलागी
अचानक ओलीले गरे यस्तो निर्णय:  बालकोटमा भेतवार्ता बन्द
अचानक ओलीले गरे यस्तो निर्णय: बालकोटमा भेतवार्ता बन्द
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
राष्ट्रिय संस्कृति नीति तर्जुमा गरिने
राष्ट्रिय संस्कृति नीति तर्जुमा गरिने