चलचित्र पत्रकार संघ नेपालद्वारा रजत सम्मान प्रदान गर्ने घोषणा

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १३, २०८०
|
|
५१ पटक हेरिएको
Shares
चलचित्र पत्रकार संघ नेपालद्वारा रजत सम्मान प्रदान गर्ने घोषणा

सारांश

  • काठमाडौं ।
  • चलचित्र पत्रकार संघ नेपालले पहिलो पटक ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने घोषणा गरेको छ ।
  • आज बुधबार चलचित्र विकास बोर्डको सभा हलमा आयोजित एक कार्यक्रमका बीच आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा संघको २४औं वार्षिकत्सवको अवसर पारेर उक्त सम्मान प्रदान गरिने जानकारी दिइएको छ ।

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले पहिलो पटक ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने घोषणा गरेको छ । आज बुधबार चलचित्र विकास बोर्डको सभा हलमा आयोजित एक कार्यक्रमका बीच आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा संघको २४औं वार्षिकत्सवको अवसर पारेर उक्त सम्मान प्रदान गरिने जानकारी दिइएको छ ।

संघका अध्यक्ष समीर बलामीले कलाको विभिन्न विधामा कम्तिमा २५ वर्ष पत्रकारिताको माध्यमबाट योगदान पु¥याएको र १५ वर्षभन्दा बढी निरन्तर संघमा आबद्ध भएको एकजना पत्रकारले हरेक वर्ष जेठ ७ गते उक्त सम्मान प्राप्त गर्ने बताए । उनले अग्रज पत्रकारको हौसला बढाउन रजत सम्मान सुरु गर्न लागिएको र उक्त सम्मानको राशी ५५,५५५ रुपैयाँ रहेको जानकारी दिए ।

चलचित्र पत्रकार संघले हरेक वर्षको जेठ ७ गते एक जनालाई एउटा ल्यापटपसहितको चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार, दुई जनालाई ५१ हजार राशीको चलचित्र पत्रकारिता पुरस्कार र दुई जनालाई चलचित्र पत्रकारिता सम्मान प्रदान गर्दै आइरहेको छ । त्यस्तै, संघले मोफसलका ९ वटा शाखालाई समेटेर एक जना पत्रकारलाई २५ हजार राशीको पुरस्कार पनि दिदँै आइरहेको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीको प्रमुख आतिथ्यतामा संघले रजत सम्मान घोषणासँगै २०८० सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार संघका अध्यक्ष मोहन निरौला, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जन आदिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्छ : डा कोइराला
संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्छ : डा कोइराला
अमेरिकाद्वारा नेपाली सेनालाई दुुई विमान हस्तान्तरण
अमेरिकाद्वारा नेपाली सेनालाई दुुई विमान हस्तान्तरण
प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता
प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता
डिपीएल जस्तै साेमपाल र मुस्ताफाकाे जाेडीले जित्ला पीपीएल ?
डिपीएल जस्तै साेमपाल र मुस्ताफाकाे जाेडीले जित्ला पीपीएल ?
दुई महिनामा ९ सयवटा ईभी र ५ सयवटा गाडी आयात
दुई महिनामा ९ सयवटा ईभी र ५ सयवटा गाडी आयात
धनुषाको निर्वाचन क्षेत्र नं १ र २ मा त्रिकोणात्मक प्रतिस्पर्धा
धनुषाको निर्वाचन क्षेत्र नं १ र २ मा त्रिकोणात्मक प्रतिस्पर्धा
राष्ट्रिय परिचयपत्र आगामी मंसिरको दोस्रो साताबाट , नागरिकता अब विस्थापित हुने !
राष्ट्रिय परिचयपत्र आगामी मंसिरको दोस्रो साताबाट , नागरिकता अब विस्थापित हुने !
पुनःनिर्माणको जिम्मा अब सम्बद्ध निकायलाई
पुनःनिर्माणको जिम्मा अब सम्बद्ध निकायलाई
आफ्नो पार्टी विजयी भएको पूर्वक्रिकेटर इमरानको दाबी, भावी प्रधानमन्त्रीको रुपमा उनकै चर्चामा
आफ्नो पार्टी विजयी भएको पूर्वक्रिकेटर इमरानको दाबी, भावी प्रधानमन्त्रीको रुपमा उनकै चर्चामा
क्यानडाबाट एनआरएनए महिला संयोजकमा गायिका देविका केसीको उम्मेदवारी
क्यानडाबाट एनआरएनए महिला संयोजकमा गायिका देविका केसीको उम्मेदवारी