उपेन्द्र यादवले लगाए प्रधानमन्त्री ओलीलाई यस्ताे अाराेप
सारांश
- धनुषा, १५ वैशाख ।
- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय सरकार संघीयता विरोधी गतिविधिमा लागेको आरोप लगाएका छन् ।
- मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई जनकपुरमा शुक्रबार सम्बोधन गर्दै अध्यक्ष यादवले आफूहरु संघीयतालाई संस्थागत गर्दै संविधान संशोधनका लागि सरकारलाई समर्थन गरे पनि सरकार ठीक त्यसको विपरीत कार्यमा लागेको आरोप लगाए ।
धनुषा, १५ वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय सरकार संघीयता विरोधी गतिविधिमा लागेको आरोप लगाएका छन् ।
मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई जनकपुरमा शुक्रबार सम्बोधन गर्दै अध्यक्ष यादवले आफूहरु संघीयतालाई संस्थागत गर्दै संविधान संशोधनका लागि सरकारलाई समर्थन गरे पनि सरकार ठीक त्यसको विपरीत कार्यमा लागेको आरोप लगाए ।
निर्वाचनमा भाग लिएकै भरमा आफूहरुले संविधान स्वीकारिसकेको भ्रम नपाल्न ठूला दललाई सचेत गराउँदै अध्यक्ष यादवले सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन नभएसम्म मुलुकमा राजनीतिक स्थायित्व आउन नसक्ने विचार व्यक्त गरे ।
शिक्षा र स्वास्थ्य प्रदेश स्तरमा हुनुपर्ने बताउनुहुँदै अध्यक्ष यादवले यसका लागि प्रदेश सरकारलाई पहल गर्न आग्रह समेत गरे ।
कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा संघीयता ल्याउन स्वास्थ्यकर्मीले खेलेको भूमिकाको प्रशंसा गर्दै स्वास्थ्यकर्मीको न्यायोचित मागका साथै पहिचान, सम्मान र अधिकारका लागि प्रदेश सरकार तत्पर रहने बताए ।
प्रतिक्रिया