हावाहुरीबाट पीडित बनेकाहरुलाई प्रदेश ३ को १ करोड सहयोग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १९, २०७५
|
|
१५ पटक हेरिएको
Shares
हावाहुरीबाट पीडित बनेकाहरुलाई प्रदेश ३ को १ करोड सहयोग

सारांश

  • गत आइतबार राती आाएको हावाहुरीका कारण विचल्लीमा परेका प्रदेश २ को बारा र पर्साका नागरिकलाई प्रदेश ३ को मन्त्रीपरिष्दा वैठकले सहयोग गर्ने निर्णय गरेको छ ।
  • मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले विपत्तिमा परेका नागरिकलाई सहयोग स्वरुप १ करोड रुपैया दिने निर्णय गरेको हो ।
  • उक्त सहयोगका बारा र पर्सामा हावाहुरीका कारण घरबारविहिन अवस्थामा पुगेका परिवारहरुको आवास निर्माणमा खर्चिने प्रदेश ३ सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताए ।

गत आइतबार राती आाएको हावाहुरीका कारण विचल्लीमा परेका प्रदेश २ को बारा र पर्साका नागरिकलाई प्रदेश ३ को मन्त्रीपरिष्दा वैठकले सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले विपत्तिमा परेका नागरिकलाई सहयोग स्वरुप १ करोड रुपैया दिने निर्णय गरेको हो ।

उक्त सहयोगका बारा र पर्सामा हावाहुरीका कारण घरबारविहिन अवस्थामा पुगेका परिवारहरुको आवास निर्माणमा खर्चिने प्रदेश ३ सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताए ।

सोमबार मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, सामाजिक बिकाश मन्त्री युवराज दुलालले बारा र पर्सा जिल्लामा स्थलगत रुपमा निरीक्षण गरेका थिए ।

त्यस्तै हावा हुरीका कारण विचल्लीमा परेका बारा र पर्साका नागरिकका लागि प्रदेश ३ का सांसदहरुले पनि ३ दिनको तलब सहयोग गर्ने भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?