आगलागी पीडित केसी परिवारको बिचल्ली

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
३० पटक हेरिएको
Shares
आगलागी पीडित केसी परिवारको बिचल्ली

सारांश

  • दाङ, १६ बैशाख ।
  • घरमा आगलागी भएपछि हिरासिँह केसीको परिवार बिचल्लीमा परेको छ ।
  • घोराही उपमहानगरपालिका– ७ बेलहरी निवासी केसीको घरमा शुक्रवार बिहान आगलागी भएको थियो ।

दाङ, १६ बैशाख । घरमा आगलागी भएपछि हिरासिँह केसीको परिवार बिचल्लीमा परेको छ । घोराही उपमहानगरपालिका– ७ बेलहरी निवासी केसीको घरमा शुक्रवार बिहान आगलागी भएको थियो ।

आगलागीबाट घरमा रहेको सबै धनमाल जलेर नष्ट भएपछि केसी परिवार बिचल्लीमा परेको हो । खरको छानो रहेको एक तले घरमा बच्चाले लाइटर खेलाउने क्रममा आगो सल्किएको थियो । आगलागीबाट घरमा रहेको खाद्यान्न, लत्ताकपडा, नगद तथा गरगहना सबै जलेको पीडित केसीले जानकारी दिए ।

अहिले छिमेकीको घरमा आश्रय लिएर बसिरहेका केसीले आवश्यक आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरेका छन् । घर जलेर नष्ट भएपनि हालसम्म कतैबाट सहयोग नपाएको उनको गुनासो छ । यसैबीच वडा नम्वर ७ ले आगलागी पीडित केसीको परिवारलाई राहत दिलाउन पहल थालेको छ । वडा अध्यक्ष खोपीराम चौधरीका अनुसार तत्कालका लागि खाद्यान्न, भाँडाकुँडा र अस्थायी टहराका लागि विभिन्न निकायसँग राहत माग गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?