नचिनेको व्यक्तिलाई श्रीमान बनाइदिने न्यायाधीश सर्वोच्च अदालतमा !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
नचिनेको व्यक्तिलाई श्रीमान बनाइदिने न्यायाधीश सर्वोच्च अदालतमा !

सारांश

  • काठमाडौँ, १६ बैशाख ।
  • चिन्दै नचिनेको व्यक्तिलाई श्रीमान् भनि फैसला गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश चुरामन खड्कालाई सर्वोच्च अदालत तानिएको छ ।
  • मुद्दामा तथ्यभन्दा बाहिर गई गम्भीररुपमा विचलित हुँदै फैसला भएको हुनसक्ने देखिएकाले उनलाई थप अनुसन्धान गर्न भन्दै उनलाई सर्वोच्च अदालतमा तानिएको हो ।

काठमाडौँ, १६ बैशाख । चिन्दै नचिनेको व्यक्तिलाई श्रीमान् भनि फैसला गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश चुरामन खड्कालाई सर्वोच्च अदालत तानिएको छ । मुद्दामा तथ्यभन्दा बाहिर गई गम्भीररुपमा विचलित हुँदै फैसला भएको हुनसक्ने देखिएकाले उनलाई थप अनुसन्धान गर्न भन्दै उनलाई सर्वोच्च अदालतमा तानिएको हो ।

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको संयोजकत्वमा रहेको सर्वोच्च अदालतको विशेष समितिले शुक्रबार उनलाई तत्कालका लागि सर्वोच्च अदालतको काजमा राख्ने भन्दै तानेको हो।

खड्काले दाङ जिल्ला अदालतमा हुँदा गरेको फैसलामाथि समितिले अनुसन्धान थालेको छ । कायममुकायम प्रधानन्यायाधीशसहित ५ जना वरिष्ठ न्यायाधीशहरु उक्त समितिमा रहन्छन् । समितिमा ओमप्रकाश मिश्र, चोलेन्द्रशम्सेर जबरा, दीपककुमार कार्की र केदार चालिसे सदस्य छन् ।

खड्कामाथि थप अनुसन्धानका क्रममा न्यायिक विचलन देखिए फाइल न्यायपरिषद्मा जानेछ र परिषद्बाटै थप कारबाही हुने छ । बागलुङकी निरमाया पुनलाई चिन्दै नचिनेको व्यक्तिको श्रीमती भएको खड्काले फैसला गरेका थिए ।

उक्त फैसलाविरुद्ध पुनले न्याय परिषद् र प्रधानन्यायाधीशको सचिवालयमा उजुरी गरेकी थिइन् । पुनको उजुरीको आधारमा थप अनुसन्धान अगाडी बढाइएको सर्वोच्च स्रोतले जनाएको छ ।

जिल्ला अदालत दाङले बाग्लुङकी निरमाया पुनलाई अपरिचित पुरुषलाई श्रीमान् ठहर गरिदिएको थियो । आफ्ना श्रीमानसँग बहुविवाह मुद्दा लडिरहेकी उनलाई त्यो मुद्दामा कमजोर बनाएर सम्पत्ति नदिलाउन थाहै नदिई अर्को मुद्दा दायर गरेर अर्को व्यक्तिलाई श्रीमान् ठहर गराइएको पीडित पक्षको आरोप छ ।

जिल्ला अदालतले फनाधर घर्तीलाई उनको श्रीमान् भएको ठहर गरेको हो । फनाधर नामक व्यक्तिलाई निरमायाले अहिलेसम्म भेटेकी र चिनेकी छैनन् । प्रहरी र न्यायालयकै मिलेमतोमा आफूमाथि अन्नाय भएको भन्दै पुन न्याय माग्दै सर्वोच्च र न्यायपरिषद् पुगेकी थिइन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Meg Shrestha

    कस्तो न्यायाधीश …? अचम्म को फैसला जे बोले पनि हुने अब जेल चलान

    Comment Author

    Meena Karki Thapa

    के अचम्म हो !! येस्तो पनि हुन्छ ??

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथा र शेर्पा विश्वमा नेपालका चिनारीः सभापति देउवा
सगरमाथा र शेर्पा विश्वमा नेपालका चिनारीः सभापति देउवा
काभ्रे प्रदेशशभा २ क को पछिल्लो अपडेट
काभ्रे प्रदेशशभा २ क को पछिल्लो अपडेट
कोरोना विरुद्धको बुस्टर डोज लगाउन मन्त्रालयको आग्रह
नेपालले उचाल्यो सोलिडारिटी कप….
नेपालले उचाल्यो सोलिडारिटी कप….
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
एमाले-माओवादी एकता प्रक्रियामा फेरि ‘ब्रेक’ !
एमाले-माओवादी एकता प्रक्रियामा फेरि ‘ब्रेक’ !
गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त
चट्टान फोरेर यसरी बनाउँदैछ सेनाले सताक्षीधामको पदमार्ग
चट्टान फोरेर यसरी बनाउँदैछ सेनाले सताक्षीधामको पदमार्ग
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
विश्वकै पुरानो वेभक्याम बन्द गरिदै, २५ वर्षदेखि निरन्तर चलिरहेको थियो
विश्वकै पुरानो वेभक्याम बन्द गरिदै, २५ वर्षदेखि निरन्तर चलिरहेको थियो

तपाईंले छुटाउनुभयो कि?