कलाकार सङ्घको अध्यक्षमा निरौला विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ५, २०७९
|
|
३० पटक हेरिएको
Shares
कलाकार सङ्घको अध्यक्षमा निरौला विजयी

सारांश

  • काठमाडौं ।
  • कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् ।
  • शनिबार सम्पन्न १९औँ साधारणसभामा उनी कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

काठमाडौं । कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् ।

शनिबार सम्पन्न १९औँ साधारणसभामा उनी कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्राप्त गरे । सङ्घ स्थापना हुँदा नै सदस्यमा रहेका निरौला त्यसपछि कार्यसमितिमा चार कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष रहिसकेका छन् ।

‘संस्थापक सदस्य भएकाले मेरो लगाव र दायित्व सङ्घप्रति बढ्दो छ । आगामी दिनमा कलाकारले आफ्नो महसुस गर्ने गरी काम गर्नेछु,’ नवनिर्वाचित अध्यक्ष निरौलाले भने, ’मैले घोषणा गरेका अधिकांश काम गर्नेछु । कलाकारलाई पेसागत सुरक्षाका लागि बढी काम गर्नेछु ।’ उपाध्यक्षमा कविता गेलालले एक सय ५१ मत र शिवहरि नेपाल ‘वैरागी’ ले एक सय ४० मत तथा महासचिवमा सविन श्रेष्ठले एक सय १२ मत प्राप्त गरेर विजयी भए ।

यस्तै सचिवमा रामेश्वर बुर्लाकोटीले दुई सय २३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले दुई सय ६० मत प्राप्त गर्दै विजयी हुँदा सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भए । सदस्यमा शीतल केसी सर्वाधिक तीन सय दुई मत ल्याएर विजयी भए ।

अन्य सदस्यमा गोपाल ढकाल ‘छन्दे’ (दुई सय ८७), उद्धवप्रसाद भट्टराई (दुई सय ११), पवन केसी (दुई सय दुई), नम्रता खरेल (एक सय ८७), पुकार भट्टराई (एक सय ८२), खुश्बु खड्का (एक सय ७७), सरिता राधोपाध्याय (एक सय ४६), रोशन श्रेष्ठ (एक सय ३५) र समीर लामा (एक सय ३३) मत प्राप्त गरेर विजयी भए । झन्डै सात सय सदस्य रहेको सङ्घको निर्वाचनमा चार सय ६८ मतमात्र खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाम गठबन्धन टुट्नुपर्छ, ओली होईन प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो : मनिष सुमन
वाम गठबन्धन टुट्नुपर्छ, ओली होईन प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो : मनिष सुमन
लाओसलाई हराउँदै नेपालले जित्यो प्रधानमन्त्री कप फुटबलको उपाधि
लाओसलाई हराउँदै नेपालले जित्यो प्रधानमन्त्री कप फुटबलको उपाधि
निजी क्षेत्रका पम्प सञ्चालकहरुद्वारा मंगलबारदेखि पेट्रोलको बिक्री बितरण बन्द
निजी क्षेत्रका पम्प सञ्चालकहरुद्वारा मंगलबारदेखि पेट्रोलको बिक्री बितरण बन्द
उच्च अदालतमा दुई न्यायाधीश सिफारिस
उच्च अदालतमा दुई न्यायाधीश सिफारिस
कांग्रेसमा विभागहरुको नाम र कार्य क्षेत्रमा पनि व्यापक हेरफेर
कांग्रेसमा विभागहरुको नाम र कार्य क्षेत्रमा पनि व्यापक हेरफेर
सरकारले जनचाहनालाई प्राथमिकता दिनुपर्छ : नेता नेपाल
सरकारले जनचाहनालाई प्राथमिकता दिनुपर्छ : नेता नेपाल
नेसपाले मुद्दा मिल्ने पार्टीसँग मोर्चा बनाउने
नेसपाले मुद्दा मिल्ने पार्टीसँग मोर्चा बनाउने
‘कछुवा गति’ मा कलंकी-कोटेश्वर सडक विस्तार
नेकपाको सरकार नभएको भए देश संकटमा पर्ने : प्रधानमन्त्री ओली
नेकपाको सरकार नभएको भए देश संकटमा पर्ने : प्रधानमन्त्री ओली
नेपालको कलेज शिक्षामा आइ. बि. एमको प्रवेश एक सकारात्मक कदम
नेपालको कलेज शिक्षामा आइ. बि. एमको प्रवेश एक सकारात्मक कदम

तपाईंले छुटाउनुभयो कि?