प्रधानमन्त्री प्रचण्डद्वारा राजीनामा
सारांश
- काठमाडौं, जेठ १० – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।
- बुधबार सिंहदरबारमा देशबासीका नाममा सम्बोधन गर्दै उहाँले राष्ट्रपति समक्ष आजै राजीनामा दिने बताउनुभएको हो ।
- प्रधानमन्त्री दाहालले नेपाली राजनीतिमा लामो समयदेखि देखिएको खडेरलाई अन्त्य गर्न भन्दै राजीनामा दिनुभएको हो ।
काठमाडौं, जेठ १० – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । बुधबार सिंहदरबारमा देशबासीका नाममा सम्बोधन गर्दै उहाँले राष्ट्रपति समक्ष आजै राजीनामा दिने बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले नेपाली राजनीतिमा लामो समयदेखि देखिएको खडेरलाई अन्त्य गर्न भन्दै राजीनामा दिनुभएको हो । नेपाली कांग्रेससँग आलोपालो सरकार चलाउने सहमतिअनुसार दाहालले राजीनामा दिनुभएको हो । दाहालको राजीनामासँगै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बन्ने खुलेको छ । दाहाल गएको साउन १९ गते संसदबाट प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया