किन सुस्ताए एमालेका भातृ संगठन ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १०, २०७४
|
|
३९ पटक हेरिएको
Shares
किन सुस्ताए एमालेका भातृ संगठन ?

सारांश

  • काठमाडौं : पार्टीका भ्रातृसंगठनको गतिविधि लामो समयदेखि शून्य बनेपछि एमालेको केन्द्रीय अनुशासन आयोगले तिनको भूमिकाप्रति गम्भीर प्रश्न उठाएको छ।
  • आयोगले फागुन २९ गते बैठक बसेरै सामाजिक चासोका विषयमा भ्रातृसंगठनको निष्क्रियताप्रति चिन्ता प्रकट गरेको हो।
  •  आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

काठमाडौं : पार्टीका भ्रातृसंगठनको गतिविधि लामो समयदेखि शून्य बनेपछि एमालेको केन्द्रीय अनुशासन आयोगले तिनको भूमिकाप्रति गम्भीर प्रश्न उठाएको छ। आयोगले फागुन २९ गते बैठक बसेरै सामाजिक चासोका विषयमा भ्रातृसंगठनको निष्क्रियताप्रति चिन्ता प्रकट गरेको हो। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

निर्वाचनका बेला अग्रमोर्चामा खटिएका अनेरास्ववियु, अनेमसंघ, युवा संघ, पेसागत महासंघलगायत २२ वटा भ्रातृसंगठनको गतिविधि अहिले शून्यप्रायः छ। केही समयदेखि देशका विभिन्न भागमा बलात्कार, हत्या र बोक्सीजस्ता जघन्य सामाजिक अपराधका घटना एकपछि अर्को बढिरहेको तर त्यसलाई नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायको ध्यान तदारुकतासाथ नगएकाले सरकारलाई दबाब दिन भ्रातृसंगठनलाई आयोगले दबाब दिएको छ। ‘वर्गीय र सामुदायिक सरोकारको विषयमा आवाज बुलन्द गर्नुपर्ने पार्टीका स्थानीय कमिटी, अनेमसंघ, युवा संघलगायत जनसंगठन तथा जनप्रतिनिधिमूलक निकाय स्थानीय सरकार उदासीन र मुकदर्शक बन्नु गम्भीर विषय हो’, आयोगले भनेको छ, ‘कतै पार्टीपंक्ति राजनीतिक र वैचारिक दृष्टिकोणबाट विमुख बन्दै गएको संकेत त होइन ? ’

आयोग अध्यक्ष अमृत बोहराले महिला हिंसा, अन्धविश्वास र हत्याजस्ता गतिविधि प्रतिदिन बढ्दा पनि सरकारले प्रभावकारी रूपमा नियन्त्रण गर्न नसकेका बेला जनप्रतिनिधिमूलक र तल्लो तहसम्म काम गर्ने भ्रातृसंगठनको मौनताले जनचासोको विषयमा उनीहरूको उदासीनता दर्शाएको बताए।

अनेमसंघकी अध्यक्ष गोमा देवकोटा महिलासँग जोडिएका मुद्दामा आवाज उठाउने र नेतृत्व तथा सरकारलाई डेडिकेसनसमेत दिने काम गरेको बताउँछिन्। उनले तराईमा भइरहेका बोक्सी तथा बलात्कारका घटना नियन्त्रणका लागि अनेमसंघले स्थलगत अध्ययन दबाब दिनेसम्मका गतिविधि सञ्चालन गरिरहेको दाबी गरिन्। ‘हामीले आफ्नो तर्फबाट सक्दो भूमिका खेलेका छौं, हाम्रा गतिविधिको प्रचार मात्रै नभएको हो’, उनले अन्नपूर्णसँग भनिन्।

अनेमसंघकी महासचिव थममाया थापा मन्त्री छन्। त्यस्तै, अनेरास्ववियुकी अध्यक्ष नवीना लामा प्रतिनिधिसभाबाट सांसद बनेकी छन्। सदन र सडकको आन्दोलन एउटै व्यक्तिले गर्न नमिल्ने भन्दै संगठनबाट राजीनामा दिए पनि उनको राजीनामा स्वीकृत भएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहमतिका आधारमा प्रदेश सरकारको ब्यबस्था खारेज अनि हिन्दूराष्ट्र कायम गरौं : कमल थापा
सहमतिका आधारमा प्रदेश सरकारको ब्यबस्था खारेज अनि हिन्दूराष्ट्र कायम गरौं : कमल थापा
नागरिकता विधेयकमा जबरजस्ती राम्रो हुँदैन-प्रदीप ज्ञवाली
नागरिकता विधेयकमा जबरजस्ती राम्रो हुँदैन-प्रदीप ज्ञवाली
अध्यक्ष ओलीको अभिव्यक्तिप्रति उपमहासचिव योगेश भट्टराईको असन्तुष्टि: ‘जितको ग्यारेन्टी कसैले लिएको हुँदैन’
अध्यक्ष ओलीको अभिव्यक्तिप्रति उपमहासचिव योगेश भट्टराईको असन्तुष्टि: ‘जितको ग्यारेन्टी कसैले लिएको हुँदैन’
जनआन्दोलनका गम्भीर घाइते मुकेश कायस्थलाई सम्मान
महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
बिभिन्न  ठाउँमा ५ जनाको मृत्‍यु
बिभिन्न ठाउँमा ५ जनाको मृत्‍यु
उपचारका क्रममा ज्यान गुमाएकी बालिकाका आफन्त भन्छन् न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए
उपचारका क्रममा ज्यान गुमाएकी बालिकाका आफन्त भन्छन् न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए
खादाको दुष्प्रचार गरेको भन्दै माइतीघर मण्डलामा विरोध जुलुस
खादाको दुष्प्रचार गरेको भन्दै माइतीघर मण्डलामा विरोध जुलुस
नेकपामा कुन विभागको जिम्मेवारी कसलाई ?
नेकपामा कुन विभागको जिम्मेवारी कसलाई ?
फागुन १८ पछि विदेशबाट फर्केकाको तथ्याङ्क लिइँदै
फागुन १८ पछि विदेशबाट फर्केकाको तथ्याङ्क लिइँदै

तपाईंले छुटाउनुभयो कि?