आत्महत्या गर्नुको कारण मानसिक रोग, एकैदिनमा १२ जनाले आत्महत्या !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
आत्महत्या गर्नुको कारण मानसिक रोग, एकैदिनमा १२ जनाले आत्महत्या !

सारांश

  • काठमाडौं – टोल छिमेकमा हेर्दा स्वस्थ देखिएको व्यक्ति समेत आत्महत्या गरेको या सानै कुरामा आत्महत्या गर्न खोजेको खवर दैनिक जसो सुन्छौं।
  • सलक्क देखिने व्यक्तिहरु नै आत्महत्या गर्नुको कारण भने मानसिक रोग नै भएको सरोकारवाला संस्थाले औल्याएको छ।
  • पछिल्लो समय नेपालमा बढ्दो मानसिक रोगसंगै आत्महत्याको दर पनि बृद्धि हुँदै गएको सिएमसी (मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र)नेपालले जनाएको छ।

काठमाडौं – टोल छिमेकमा हेर्दा स्वस्थ देखिएको व्यक्ति समेत आत्महत्या गरेको या सानै कुरामा आत्महत्या गर्न खोजेको खवर दैनिक जसो सुन्छौं। सलक्क देखिने व्यक्तिहरु नै आत्महत्या गर्नुको कारण भने मानसिक रोग नै भएको सरोकारवाला संस्थाले औल्याएको छ। पछिल्लो समय नेपालमा बढ्दो मानसिक रोगसंगै आत्महत्याको दर पनि बृद्धि हुँदै गएको सिएमसी (मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र)नेपालले जनाएको छ।

सोमवार राजधानीमा संस्थाको  प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा बिभिन्न मानसिक रोगको अवस्था बढ्दै गइरहेको जनाएको छ। नेपाल प्रहरीको गत बर्षको तथ्याकं अनुसार ५ हजार ९ सय २४ जनाले आत्महत्या गरेका छन्। बिगत चार बर्षदेखि यता १३ प्रतिशतको दरले आत्महत्या बढेको छ। यो हिसावले एक दिनमा १२ देखि १४ जनाले आत्महत्या गर्छन्।

पछिल्लो समय नेपालमा बढ्दो मानसिक रोगको कारण नै यो दर बढेको सिएमसी नेपालका उपाध्यक्ष तथा बरिष्ठ मानसिक रोग बिशेषज्ञ डा.सरोज ओझाले बताए। ‘केही रोग नभए जस्तो देखिनेले आत्महत्याको प्रयास गरेको हुन्छ,तर उनीहरु कडा मानसिक रोगको शिकार हुन्छन्’उनले भने। डिपे्रशन तथा कडा मानसिक रोग भएकाहरुले आत्महत्या गर्नेमा पर्छन्। मानसिक रोगको कारण आत्महत्याको कारण मृत्यु हुनेमा बढी पुरुष र आत्महत्या प्रयास गर्नेमा महिला बढी छन्। आत्महत्या गरेर जीवन समाप्त पार्नेमा ९० प्रतिशत मानसिक स्वास्थ्य समस्याका भएको सिएमसीले जनाएको छ।

पछिल्लो तथ्याकं अनुसार नेपालमा ५५ लाख मानिसमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या छ। सिएमसीले उपचार गरेका ४९ हजार १२ जना मध्येमा ४० प्रतिशतमा चिन्ताजन्य समस्या,२६ प्रतिशतमा डिपे्रशन र बाँकीमा मानसिक असन्तुलन,कनभर्जन डिअर्डर पाइएको छ । जस मध्ये ६३ प्रतिशत महिला र ३७ प्रतिशत पुरुष छन्।

केन्द्रको सुरक्षित परियोजना मनोसामाजिक सहयोग कार्यक्रमको प्रतिवेदन अनुसार ६० प्रतिशत महिलाका  पति वैदेशिक रोजगारीमा गएका,२० प्रतिशत आमा,५प्रतिशत बालबालिका, ८ प्रतिशत व्यक्ति आफै मानसिक रोगको शिकार भएका छन् । वैदेशिक रोजगारीको कारण सवै भन्दा बढी चिन्ताजन्य रोग ६४ प्रतिशत,डिपे्रशन २१ प्रतिशत रहेका छन्।

विश्व स्वास्थ्य संगठनका सन् २०१७ को तथ्यांक अनुसार विश्वमा ३० करोडमा डिपे्रशन र २६ करोडमा चिन्ताजन्य समस्या छ। यसको कारण व्यक्तिको काम गर्ने क्षमतामा ह्रास आई करेक बर्ष १ ट्रिलिएन अमेरिकी डलर बराबर उत्पाकत्वमा ह्रास आएको छ।

नेपालमा लामो समयदेखि कायम राजनीतिक अस्थिरता,द्धन्द्ध,वैदेशिक रोजगारी,बेरोजगारी,पुरुष तथा महिलामा कायम मनोसामाजिक विभेद,गरिवी,महिला हिंसा,जस्ता कारणले मानसिक रोग बढ्दै गएको मनोविद सिएमसी नेपालकी मनोविद तथा मानसिक रोग बिशेषज्ञहरु औंल्याए। मानसिक रोग बिशेषज्ञ डा.ओझाका अनुसार पछिल्लो समय बढ्दो आधुनिकताको कारण मानसिक रोगको प्रभाव किशोर–किशोरीमा पनि बढ्दो देखिन्छ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?