अछाममा खानेपानीको अभाव चुलिँदो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
अछाममा खानेपानीको अभाव चुलिँदो

सारांश

  • अछाम, १८ वैशाख, गर्मीयामसँगै अछामका विभिन्न ठाउँमा खानेपानीको अभाव चुलिएको छ ।
  • जिल्लाका विभिन्न बजार क्षेत्रदेखि गाउँघरमा खानेपानीको संकट भइरहेको हो ।
  • सदाबहार पानीको समस्या भइरहने कमलबजार, ठूलासैन बजार, रामारोशन —७ सुतार, मंगलसेन—१ कुन्ती बण्डाली, साँफेबगर—७ ककरसाँतलगायत विभिन्न गाउँटोलमा पनि खानेपानीको समस्या भइरहेको स्थानीयले बताएका छन् ।

अछाम, १८ वैशाख, गर्मीयामसँगै अछामका विभिन्न ठाउँमा खानेपानीको अभाव चुलिएको छ । जिल्लाका विभिन्न बजार क्षेत्रदेखि गाउँघरमा खानेपानीको संकट भइरहेको हो ।

सदाबहार पानीको समस्या भइरहने कमलबजार, ठूलासैन बजार, रामारोशन —७ सुतार, मंगलसेन—१ कुन्ती बण्डाली, साँफेबगर—७ ककरसाँतलगायत विभिन्न गाउँटोलमा पनि खानेपानीको समस्या भइरहेको स्थानीयले बताएका छन् । खानेपानीको अभाव चुलिँदा बजार क्षेत्रका व्यापारी व्यवसायीले गाडीमा र मान्छेलगायत टाढाटाढाबाट पानी ल्याएर उपभोग गरिरहेका छन् भने पानी समस्या भएका गाउँघरमा महिला तथा बालबालिकाको बिहान बेलुका पानी बोक्न मै समय जाने गरेको छ ।

उता रामारोशन गाउँपालिका–७ सुतारको विभिन्न टोलमा दुई महिनादेखि खानेपानीको सास्ती भएको छ । खानेपानी आयोजनाको पाइपलाइनमा अवरोध भएपछि साविकको सुतार गाविस वडा नम्बर २, ४ ६, ७, ८ र ९ का स्थानीयलाई समस्या भइरहेको स्थानीय जगत भण्डारीले बताउनुभयो । नजिकका पानीका मुहान सुक्दै गएको र टाढाबाट ल्याएको खानेपानी आयोजनाको पाइपलाइनमा समेत समस्या आएका कारण स्थानीयलाई खानेपानीको अभाव भइरहेको उहाँको भनाइ छ ।

२०७२ सालमा निर्माण भएको थारखोला कालापानी खानेपानी आयोजनाको पाइपलाइनमा समस्या आउँदा जनता करीब दुई हजार जनता मारमा परेका स्थानीय चन्द्र भण्डारीले बताउनुभयो । “रु ८३ लाख लागतमा निर्माण भएको खानेपानी आयोजनाले सुतारका ४०० घरधुरीका उपभोक्ता लाभान्वित भएका थिए, अहिले धारामा पानीनै आउन छाडेपछि घण्टौँ हिँडेर पिउने पानी बोक्नुपर्ने बाध्यता छ ।” भण्डारीले भन्नुभयो ।

केही स्थानीय तहका वडा र विभिन्न बजार क्षेत्रमा पानीको चरम अभावले गर्दा नागरिकको दैनिकी कष्टकर हुनुका साथै महिला तथा बालबालिकालाई सबैभन्दा बढी दुःख भइरहेको कुन्तीबण्डालीका स्थानीय वीरेन्द्र साउदले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
मैत्रीपूर्ण खेलमा चेल्सीको सहज जित
मैत्रीपूर्ण खेलमा चेल्सीको सहज जित
मोटरसाइकल दुर्घटनामा मृत्यु
मोटरसाइकल दुर्घटनामा मृत्यु
फेब्रुअरीमा कति पर्यटक नेपाल आए ?
फेब्रुअरीमा कति पर्यटक नेपाल आए ?
बौद्धिक अपाङ्गता भएका बालबालिकाको जीवनमा सुधार
बौद्धिक अपाङ्गता भएका बालबालिकाको जीवनमा सुधार
चिनियाँ राष्ट्रपतिले मनोनित गरे उच्च सैन्य अधिकारीहरु
चिनियाँ राष्ट्रपतिले मनोनित गरे उच्च सैन्य अधिकारीहरु
पाँच महिनामा प्रचण्ड-अोलीको १७ भेट: एकताका लागि कति प्रगति ?
पाँच महिनामा प्रचण्ड-अोलीको १७ भेट: एकताका लागि कति प्रगति ?
मौन अवधिः प्रहरीमा आयो कतै मासु त कसै सारी बाँडेको सूचना
मौन अवधिः प्रहरीमा आयो कतै मासु त कसै सारी बाँडेको सूचना
ओलीलाई यस्तो आरोप लगाएपछि केशब बडालले यसरी हात हाले मिन विश्वकर्मामाथि (भिडियोसहित)
ओलीलाई यस्तो आरोप लगाएपछि केशब बडालले यसरी हात हाले मिन विश्वकर्मामाथि (भिडियोसहित)
बझाङ जीप दुर्घटना : मृत्यु हुनेको संख्या ७ पुग्यो, ४ जनाको खनाखत
बझाङ जीप दुर्घटना : मृत्यु हुनेको संख्या ७ पुग्यो, ४ जनाको खनाखत

तपाईंले छुटाउनुभयो कि?